बेलायती राजदूत निकोलाले गरिन् व्यवसायीसंग अन्तरक्रिया

लण्डन । कोरोना कहरकाबीच नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकी छन् । र्भचुअल माध्यवाट सोमवार आयोजित सो कार्यक्रममा नेपालस्थित बेलायती व्यवसायी, नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थित रहेको बताएको छ ।

नेपालमा व्यापार तथा लगानीको प्रबर्धनका निमित्त बेलायती लगानीकर्ताहरुलाई दूतावासले प्रोत्सान गर्न उदेश्यले सो कार्यक्रमको निरन्तरता दिने जनाएको छ ।उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन।

कार्यक्रममा ‘कोभिड १९’ ले पारेको प्रभाव, चुनौती तथा अवसर, नेपाल वेलायतबीचको व्यापार सम्वन्ध लगायतका विषयमा छलफल भएको उद्योगपति राजेन्द्र खेतानले जानकारी दिए ।

कार्यक्रममा १ दर्जन भन्दा बढी व्यवसायीको उपस्थिती थियो ।