काठमाण्डौ ।
विहिबार कोरोना भाइरसका ५२५ जना नया विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ५२५ थपिए सँगै २४ हजार ९ सय ५७ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
१०९ जना निको
यसैगरी आज कोरोना भाइरस बाट निको भइ १०९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।
४ जनाको निधन
आज देशभर ४ जनाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ । महोत्तरीका ४५ बर्षका पुरुषको कोभिड १९ को कारण मृत्यु भएको छ । उनी क्षयरोग तथा मधुमेह रोगको शिकार रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यसैगरी धनुषा मिथिला ७ का ८५ बर्षीय महिला, अछामको रामारारेशन का १८ बर्षीय युवकको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।
मोरङ्को विराटनगरका ५७ बर्षीय पुरुषको पनि कोशी अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै निधन हुनेहरुको संख्या ९५ पुगेको छ ।






