तमुधिं यूकेले गर्‍यो नेपाली मेला रोकिएको औपचारिक घोषणा :

लण्डन। बेलायतमा वर्षेनी आयोजना हुने नेपाली समुदायको प्रमुख इभेन्ट नेपाली मेला यसपटक कोरोना महामारीका कारण रोकिएको छ ।सन् २००९ देखि प्रत्येक वर्ष अगस्ट महिनामा आयोजना गर्दै आएको नेपाली मेला यस वर्ष स्थगित भएको औपचारिक जानकारी दिइएको हो।

तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै कोभिड १९ बाट सृजित परिस्थितिका कारण यही अगष्ट ३०, २०२० मा केम्प्टन पार्क, स्टेन्स रोड, सन्बरी अन थेम्समा निर्धारित नेपाली मेला स्थगित गरिएको जानकारी दिएका हुन् ।

तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राख्ने गरिन्छ । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा, विभिन्न जातजातीको झांकी र युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गर्ने गर्छन् ।

तमुधिं यूके अध्यक्ष गुरुङले कोरोना भाइरसका कारण जीवन गुमाएका तमुधिं यूके लण्डन शाखाका उपसभापति चेत गुरुङ, सल्लाहकार नारायण कोन्मे गुरुङ, आजीवन सदस्य लक्षिन गुरुङ एवं विभिन्न संघसंस्थामा आवद्ध सदस्य तथा नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तमुधिं यूकेले नेपाली मेलाप्रति देखाएको चासो र मायाका लागि विशेष आभार व्यक्त गर्दै आगामी वर्ष २०२१ मा पुनः भव्य रुपमा मेला गरिने जनाएको छ ।

विज्ञप्ति-