सोनी श्रेष्ठ, काभ्रेपलाञ्चोक
काभ्रेको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण रहेको आज पुष्टी भएको छ ।
कोरोना भाइरसको संक्रमण देखा परेपछि इमरजेन्सी बाहेकको अन्य सबै सेवा बन्द गरिएको छ ।
संक्रमण देखा परेकी नर्स अस्पतालका सबै विभागमा सम्पर्कमा पुगेको हुनाले उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।
डा. झाका अनुसार आज पनि संघीय प्रहरी इकाई जनागालका थप ६ जना प्रहरी, धुलिखेल अस्पताल बाहिरका एक जना होटल व्यवसायी र धुलिखेल नपा ७ का एक सर्वसाधारण सहित ९ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए ।
अस्पताल बाहिर रहेको एक होटल व्यवसायीलाई समेत कोरोना संक्रमण देखिएपछि धुलिखेल अस्पताल आसपासका होटलहरु समेत पूर्ण रूपमा बन्द गरिएको छ ।






