सर्वसाधारणले समाते ऋषि धमलाको कठालो

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला ठगी र महिलाका अगाडि अपशब्द बोलेको आरोपमा पक्राउ परेका छन् ।
एरिना क्लब बुटवलका पदाधिकारीले मंगलबार रकम ठगी गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएर धमलालाई प्रदर्शनीमार्गस्थित महानगरीय प्रहरी सहायता कार्यदलमा बुझाएका थिए ।

आफूहरुले पत्रकार सम्मेलनका लागि समय लिएकामा धमलाले अर्कै कार्यक्रममा उपस्थित गराउर भिडका रुपमा प्रयोग गरेको र १० हजार रुपैयाँ मागेपछि विवाद भएको सुवेदीले बताए ।
सुवेदीले भने, ‘हामीलाई पत्रकार सम्मेलनका लागि १२ बजेको समय दिइएको थियो । तर एक बजेसम्म कुराएर पछि अर्कै कार्यक्रममा पत्रकारका रुपमा सहभागी गराए र १० हजार रुपैयाँ माग्नुभयो ।’ पत्रकार सहभागी नभएको कार्यक्रमबापतको पैसा नदिने बताएपछि धमलाले छाडा शब्दले गालीगलौज गरेको आरोप लगाए ।
‘धमलाजी महिलाहरुका अगाडि अपशब्द प्रयोग गरेर गालीगलौजमा उत्रिनुभयो’, सुवेदीले भने, ‘हामीले प्रहरीको जिम्मा लगाउन खोजेपछि गल्ती भएको भन्दै सार्वजनिक रुपमा माफी माग्नुभयो ।’