धादिङ नुवाकोट समाज यूकेको वार्षिक समर भेटघाटमा मुख्यमन्त्रीको सम्बोधन,फुटबल र विविध सांगीतिक प्रस्तुति सम्म(फोटो फिचर)

लन्डन । धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला भव्य रुपले सम्पन्न भएको छ । बेलायतमा बसोबास गर्दै आएका धादिङ र नुवाकोटवासी नेपालीहरुको संस्था धादिङ नुवाकोट समाज यूकेले शनिबार फुटबल प्रतियोगिता सहित हन्स्लोस्थित क्रान्सफोर्ड कम्युनिटी कलेजमा विविध सांगीतिक र सांस्कृतिक प्रस्तुति बीच समर भेटघाट कार्यक्रम गरेको हो ।

समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा नेपालको बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ)प्रमुख अतिथी थिए ।विशेष अतिथि: स्वर्ण पदक विजेता राष्ट्रिय कन्फु खेलाडी सरिना घले, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर,रि मेजर बिष्णु घले रहेका थिए।

प्रमुख अतिथी तामाङ र अध्यक्ष तामाङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । दुवै देशको राष्ट्रियगान सहित सुरु गरिएको कार्यक्रममा कल्चरल सेक्रेटरी कृष्ण पाख्रिनले राष्ट्रिय भावको गीत गएर मनोरन्जन दिलाएका थिए ।

कार्यक्रममा उच्चशिक्षा हासिल गरेका विद्यार्थी, समाजका आजीवन सदस्यहरु, नेपालबाट आएका राष्ट्रिय कलाकार तथा विजेता फुटबल खेलाडीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथी नेपालको बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ)ले धादिङ नुवाकोट समाजलाई कार्यक्रमको सफलता र निरन्तरताको शुभकामना दिएका थिए ।

मुख्यमन्त्री लामाले कार्यक्रममा बोल्दै प्रवासमा रहेर नेपाली भाषा, संस्कृति र पहिचान जोगाइराख्न समाज र संघसंस्थाले पुर्याइरहेको योगदानको उच्च प्रशंसा गरे। उनले भने, “विदेशमा रहे पनि यहाँको नेपाली समुदायले आफ्नो मूल संस्कृति र सामाजिक एकतालाई जोगाइराख्न जुन उदाहरणीय काम गरिरहनुभएको छ, त्यो प्रशंसनीय छ। तपाईंहरूको यस्तो योगदानले नेपालको पहिचान प्रवासमै झल्किन्छ।”

सुरुमा आसन, भाषण र सम्मानपछि दोश्रो चरणमा राष्ट्रिय कलाकारहरु कार्यक्रममा राष्ट्रिय लोककोदोहोरी गायिका देवी घर्तीमगर,जिल्लावासी राष्ट्रिय कलाकारद्वय पबित्र गुरुङ र लक्ष्मी खड्का,भर्सटाइल बहुप्रतिभाशाली गायक कुमार योन्जनको विशेष प्रस्तुतिमा सहभागी मज्जाले झुमे ।उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए।

अध्यक्ष धनबहादुर तामाङले कार्यक्रमका सहभागी, प्रायोजक, कलाकार, खेलाडी लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यसमितिसहित सबैलाई धन्यवाद दिएका थिए।
समाजका महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा हेल्थ एण्ड फायर सेफ्टी ब्रिफिंग उपाध्यक्ष मोतिमान बर्ज्रचार्यले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष गोल बहादुर तामाङले गर्नु भएको थियो l

राफल ड्राको चौथो पुरस्कार सल्लाहकर राम गुरुङले गर्नु भएको थियो l

संस्थाका कोषाध्यक्ष शेर पाख्रिनका अनुसार यस पटक नयाँ ठाउँमा कार्यक्रम सम्पन्न गर्दा पनि दुवै जिल्लाका प्राय सबै जिल्लाबासीहरु उत्सापुर्वक भेला भएका थिए l

सांस्कृतिक सचिव कृष्ण पाख्रिनले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु लोकदोहोरी गायिका देवी घर्तीमगर, पवित्रा गुरुङ र लक्ष्मी खड्का एवं लन्डनवासी गायक कुमार योन्जनले विभिन्न गीत प्रस्तुत गरे ।

धादिङ नुवाकोट समाज यूकेले आयोजना गरेको ६ टिम सहभागी डीएनएस फुटबल कप २०२५ तामाङ समाज युके प्रथम नेपालिज ब्रर्दस दोस्रो र BGFC तेस्रो भएका छन्, मैदानमा आयोजित प्रतियोगितामा मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ।

विजेता टिमलाई धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने लक्ष्यसहित फुटबल प्रतियोगिता शुरु गरिएको अध्यक्ष तामाङले बताए ।

बिहान फुटबल प्रतियोगिता गरिएपछि सांझ नेपालका राष्ट्रिय कलाकारका साथ सोही  हलमा सांस्कृतिक कार्यक्रम गरियो।

सांस्कृतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रममा बेलायतको नेपाली समाजका लव्ध प्रतिष्ठित व्यक्तिसहित धादिङ र नुवाकोटवासी  सहभागी थिए ।

डीएनएस फुटबल कप प्रतियोगिता २०२५ को संयोजक थमु वाइबा छन् । युवाहरूको प्रोत्साहनका लागि खेल आयोजना गरिएको हो ।

स्थानीय प्रतिभा र सांस्कृतिक प्रस्तुतिमा संस्थाका भान्जा–भान्जीहरूको धमाकेदार प्रस्तुति,संस्कृतिक संयोजक कृष्ण पाख्रिनको धारबाहिक कार्यक्रम रहेका थिए ।

राफल ड्रमा सुनका आकर्षक पुरस्कारहरू रहेका छन् । १ तोला सुन प्रायोजन लामा ज्वेलर्स अल्डरसटका दीपेश लामा, १/२ तोला सुन कमन एन्ड को एन्ड बुद्ध कन्ट्रक्सन फेल्थामका कमान, सुनिता, पेम्बा र तुली तामाङ र सुनको चन्द्रमा जयश्रीकृष्णा ज्वेलर्स साउथ ह्यारोका प्रकाशले गरेका थिए ।

कार्यक्रममा सहभागीलाई द ग्रेट गोर्खा रेस्टुरेन्टले स्वादिस्ट बीबीक्यू र नेपाली थाली डिनर व्यवस्था गरेको थियो ।

कार्यक्रममा नेपाली कला संस्कृति र परम्परा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।