चितवन एड ट्रस्ट यूकेको अध्यक्षमा राजु आचार्य निर्वाचित

लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट) यूकेको साधारणसभा सम्पन्न भएको छ। चितवन एण्ड ट्रष्ट यूकेको ११ औँ अधिवेशनले युवा व्यवशायी समाजसेवी राजु आचार्य आगामि २०२५ – २०२७ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् ।आचार्य अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।

जुलाई २० आइतबार क्याट युकेको अधिवेशन सम्पन्न भएको हो। नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । क्याट यूके सल्लाहकार यादव श्रेष्ठले संचालन गरेको कार्यक्रममा सस्थाका ट्रस्टी लोक गुरुङले घोषणा गरेका थिए  ।

अधिवेशनका सभापति तथा २३ -२५  का अध्यक्ष कृष्ण तिवारीले आफ्नो कार्यकालका उपलब्धि पावर प्वाइन्टमार्फत प्रस्तुत गरेका थिए ।उनले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्टीहरूको संलग्नतामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

शिक्षाविद गायत्री श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार
यादव श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य ट्रस्टी कृष्ण गुरूङ्गले दिएका थिए ।कार्यक्रममा एनआरएनए नेता शेरबहादुर सुनार, संस्थापक अध्यक्ष कपिल श्रेष्ठ लगायतले नवनिर्वाचित अध्यक्ष आचार्यलाई बधाई तथा शुभकामना दिएका छन् । उनीहरूले २१ वर्षे इतिहास बोकेको संस्थालाई आगामी दिनमा थप उचाइमा पुर्‍याउन नयाँ कार्यसमिति सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आचार्यलाई बधाई तथा शुभकामना दिएका छन् ।नवनिर्वाचित अध्यक्ष आचार्यले सबैको सल्लाह, सुझावलाई मनन गर्दै संस्थालाई अगाडि बढाउने प्रतिवद्धता गरे ।

नयाँ कार्यसमितिको उपाध्यक्ष, महासचिव लगायत समिति पछि घोषणा गर्ने कार्यक्रम छ ।

बेलायतमा बस्ने चितवनवासीहरुको साझा संस्थाका रुपमा क्रियाशील क्याट यूकेले नेपालमा विभिन्न परोपकारी काम गर्दै आएको छ ।

११ जना ट्रस्टी, सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रममा जिल्लाको विकास तथा समृद्धिका विविध पक्षबारे छलफल भएको थियो।