लन्डन । एनआरएन हङकङको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती भब्य रुपमा मनाइएको छ । गैर आवासीय नेपाली संघ हङकङको आयोजनामा भानु जयन्ती मनाइएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा सृजनशील साहित्य समाजका अध्यक्ष हाडग अज्ञात थिए । साथै कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाली हङकङ महासंघकी अध्यक्ष रिता गुरूङ, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहामफे, संस्थापक अध्यक्ष कृष्ना पाण्डे, भुपु अध्यक्ष दुर्गा बहादुर गुरूङ, आईसीसी सदस्य मिन बहादुर गुरूङ र दिलीप गुरूडङ, नेपाल चेम्वार अफ कर्मसका अध्यक्ष दासुराम पराजुली थिए ।

त्यस्तै, सल्लहाकारमा जेबी ओखडबो, देव गुरूङ, हेम लिम्बु, सन्तोष घले, अतिथीहरुमा तमु टों ह्यूलाका अध्यक्ष विजय कुमार गुरूङ, तमु प्येलु संघका अध्यक्ष मन बहादुर गुरूङ, मगर संघका अध्यक्ष युग माया राना, याक्थुड चुमुलुडकी अध्यक्ष असली वाडनेम, सहारा क्लाबका अध्यक्ष दिपक गुरूङ, चितवन समाजका अध्यक्ष ओम राज गुरूङ, संखुवासभाका अध्यक्ष टीभी याख्खा, स्याडजा जनसेवा समितिका अध्यक्ष ईश्वर गुरूङ, मिसेस नेपाल पभिता राई, फस्ट रनर सावित्रा ईडनाम, साहित्य शृखंलाका संयोजक डिबी फलुडवाँ थिए ।

साथै चित्रकार दीपेन्द्रलगायतले आदीकवि भानुभक्तको जीवनी वाचन तथा चित्र उपहार प्रदान गरिएको थियो । कार्यक्रममा रचानवाचन घरेलू यूनियनका अध्यक्ष पूणिमा शाह र साहित्य शृखंलाकी सह संयोजक सुनिता गिरीलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रम एनआरएन हङकङ अध्यक्ष राधिका ९टिका० गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपसंयोजक निरन्जन गुरुङ, महासचिव किसन राईलगायतले धारणा राखेका थिए ।

फेसबुक कमेन्ट