लन्डन । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध लन्डनमा अनेक शैलीमा हजारौंले प्रदर्शन गरेका छन् ।

मध्य लण्डनमा भएको ट्रम्पविरुद्धको विरोध प्रदर्शन र्यालीमा १ लाख बढि सहभागी बनेको दाबी आयोजकले गरेका छन् ।

तर प्रहरीले प्रदर्शनकारीहरुको यकिन संख्या उपलब्ध गराएको छैन । प्रदर्शनकारीहरुमध्ये महिलाहरुको संख्या अत्याधिक देखिएको छ । प्रदर्शनकारीहरुले सिट्ठी फुक्ने, ड्रम बजाउने गर्दै सांकेतिक विरोधस्वरुप विभिन्न भांडाहरु प्रदर्शन समेत गरेका छन् । प्रदर्शनकारीहरुमध्ये धेरैले राष्ट्रपति ट्रम्पको कठोर इमिग्रेसन नीतिका कारण आफुहरुले उनको विरोध गरेको बताएका छन् ।

शुक्रबार बिहान मध्य लण्डनस्थित पार्लियामेन्ट स्क्वायरअगाडि पनि हजारौंले प्रदर्शन गरेका थिए । राष्ट्रपति ट्रम्पप्रति व्यंग गर्दै मध्य लण्डनमा बेबी ट्रम्प आकृतिको बेलुन उडाइएको थियो । विशेषत इमिग्रेसनमा लिएको कठोर नीति र अपमानजनक अभिव्यक्ति, मुस्लिम देशहरुबाट अमेरिका प्रवेशमा लगाइएको रोक, आप्रवासीका बालबालिकालाई डिटेन्सनमा राखेको लगायतका कैयौं विषयमा बेलायतमा ट्रम्पको चर्को विरोध हुंदै आएको छ ।

फेसबुक कमेन्ट