क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र दुई जना अग्नी नियन्त्रक रहेका छन् । डढेलोमा परेर १७ जना बेपत्ता भएका छन् ।
भीषण डढेलोका कारण हजारौं मानिस घरवार छाडेर हिँडेका छन् ।
आगलागीबाट पाँच सय घर ध्वस्त भएका छन् । डढेलोसँगै तीब्र गतिमा आएको हावाहुरीका कारण थप क्षति भएको अधिकारीहरुले जनाएका छन् ।






