तक्दीर अधिकारी
सिड्नी । कोरोना भाइरसले विश्व समुदायले आक्रान्त भइरहेका बेला सामाजिक सद्भाव र अनुशासित जीवन बिताउनुपर्नेमा अस्ट्रेलियाको सिड्नीमा नेपालीहरु ग्याङ फइटमा उत्रेका छन् । न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको हर्सभिलमा रहेको मेरिडेन होटलमा तीन र पाँच जनाको समूहबीच झगडा हुँदा एकजना गम्भीर घाइते भएर अस्पताल भर्ना गरिएको छ ।
बिहान ३ बजे प्रहरीले सडकको किनारामा फेला पारेको अमित कार्की लाई सेन्टजर्ज अस्पतालमा भर्ना राखिएकाे छ भने उनको अवस्था गम्भीर रहेको बताइन्छ । २३ वर्षका अमितको नेपाल घर ललितपुर रहेको छ ।
झगडामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरी कोग्राह प्रहरी हिरासतमा राखेको छ । उनीहरुको घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले प्रहरीले जानकारी दिन मानेन । सामान्य विवादबाट सुरु भएको उक्त झगडामा कार्कीलाई टाउँकोमा गम्भीर चोट लागेको छ ।
विवाद के विषयमा सुरु भएको थियो, स्पष्ट भएको छैन । विवाद चकाचर्की भएपछि पपका सुरक्षा गार्डले पाँचजना समूहलाई तानेर बाहिर निकालेका थिए । केही समय पछी दुबै जना घाइते अवस्थामा ढलेको प्रहरीले सडकको किनारामा फेला पारेको । पाँच जनाको समूहका एक सदस्य पनि अस्पताल उपचारका लागि भर्ना भएका छन् ।






