सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनको चुनाव नजिकिएसगैं विभिन्न नेतृत्वका आकाक्षींहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
आगामी मार्च २१ गतेदेखि २३ गतेसम्म हुने साधारणसभाबाट आउने नयाँ नेतृत्वका लागि केन्द्र देखि क्षेत्रीय स्तरसम्मका आकाक्षींहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् ।
यसैबीच ओसेनिया क्षेत्रको सयोंजकका लागि दिनेश राज जोशीले उम्मेदवारी घोषणा गरेका छन् । समाजसेवी तथा जनसम्पर्क समितिका संस्थापक समेत रहेका जोशीले उम्मेदवारी दर्ता गराएका छन् । अस्ट्रेलिया,न्युजिल्यान्ड र पपुवा न्युगीनी सम्मीलित ओसेनिया क्षेत्रबाट उनले सयोंजक पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

पछिल्लो समय एनआरएनए भित्र देखिएका विभिन्न समस्या र विकृतिहरुलाई हटाउनु आफ्नो प्रमुख ऐजेण्डा रहेको क्षेत्रीय सयोंजकका उम्मेवार जोशीले बताए । झण्डै दुई दशक भन्दा बढी अस्ट्रेलिया बसाइमा एनआरएनका विभिन्न पदमा रही जोशीले अनुभव बटुलेका छन् । उनले आफुलाई विजयी बनाउन सम्पूर्णलाई आग्रह पनि गरेका छन् ।
नेपाली कांग्रेसको भगिनी संस्था जनसम्पर्क समितिका अध्यक्ष समेत रहेका जोशी लामो समय अस्ट्रेलियामा रहेका काँग्रेसीजनहरुमा कुटनीतिक र स्पष्टवक्ताको रुपमा परिचित छन् । विभिन्न सामाजिक सघंसंस्थाहरुमा नेतृत्व तहमा रहेर काम गरेका उनले आफुलाई प्रखरवक्ताको रुपमा स्थापित गरेका छन् ।
सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय उनी अस्ट्रेलियामा रहेका नेपालीहरुमध्ये राम्रो वक्ताको रुपमा समेत चिनिन्छन् । नेतृत्व तहको कुटिल गुण र सक्रिय जोशीको उम्मेदवारीलाई निकै चाख पूर्वक हेरिएको छ । अस्ट्रेलियामा काँग्रेसबाट राजनीति गर्ने उनले एक सफल राजनीतिकर्मीको छवि समेत बनाईसकेका छन् ।






