काठमाडौं । कोरोना भाइरस कोभिड-१९ ले बिश्वलाई त्रसिद बनाइरहेको बेला अष्ट्रेलियामा रहेका नेपालीहरुलाई संक्रमणबाट बच्न सावधानी अपनाएर सुरक्षित रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् । सभापति देउवाले कोरोना भाइरस संक्रमण बारेमा जानकारी लिने अभिप्रायले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति एबम परिस्थितिबारे नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीसँग फोन संवादमा उक्त अनुरोध गरेका हुन् ।
फोन संवादमा सभापति देउवाले सबै नेपालीहलाई संक्रमणबाट बच्न र बचाउन आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको अध्यक्ष गिरीले बताए । यस्तो दुःखद परिस्थितिमा आफ्नो जिम्मेवारी पूर्णरुपमा निभाउदै प्रतिपक्षी दल कांग्रेसले सरकारलाई नेपालीको रक्षाका लागि कार्य गर्न घचघचाईरहेको जानकारी समेत दिएको गिरीले बताए ।
समस्यामा परेका बिद्यार्थी, भ्रमण भिषामा गएका नेपाली नागरिकहरुलाई परेको समस्यामा सकेको सघाउन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियालाई सभापति देउवाले निर्देशनसमेत दिएका छन् । उनले यो दुःखद परिस्थितिलाई सबैले झेल्नुपर्ने बध्यता भएकाले भयबित नभई बस्न सन्देश प्रभाव गरेको अध्यक्ष गिरीले बताए ।
परिवार भेटन आएर नेपाल फर्कन नसकेका नेपाली अबिभावक र नेपाल फर्कन चाहने बिद्यार्थीहरुलाई यथाशीघ्र नेपाल पर्कने व्यवस्था मिलाउन सरकार र सरेकारवालासँग समन्वय एवम् अपिल गरीदिन सभापति देउवासँग नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष गिरीले अनुरोध समेत गरेको जानकारी दिए । समितिले अष्ट्रेलियाका आठवटै राज्य समितिका संयोजकहरुकोे संयोजकत्वमा आपतकालीन सहयोग समिति गठन गरी कार्य थालेको छ भने डा. कृष्ण हमालको संयोजकत्वमा पोलेसी एण्ड प्लान, डा. डिल्ली बन्जाडेको संयोजकत्वमा मेडिकल टिम र निरज श्रेष्ठको संयोजकत्वमा बिद्यार्थी एबम अबिभावक सहयोग समिति गठन गरी कार्य थालेको छ ।






