रुसमा भ्लादिमिर पुटिनको सरकारको भ्रष्टाचारको कुरा उठिरहेको थियो । रुसको सरकार अलोकप्रिय भएको बेला जनताको ध्यान मोड्न रुसका सरकार प्रमुखले युक्रेनी भुभाग क्राइमिया माथी हमला गरि जनताले उठाएको भ्रष्टाचार बिरुद्धको मुद्धालाई अत्यत्रै मोडिदिए । संसारका धेरै निरंकुश शासकहरु यस्तै घटनाक्रम विकसित भएको मौकालाई प्रयोग गरी जनताको ध्यान मोडिरहेको इतिहास छ । त्यसैगरि नेपालका कम्युनिष्टहरु र शाषकहरु विशेष घटनाक्रम आएको मौका पारी ध्यान अन्यत्र मोड्न खप्पीस छन् जुन स्वास्थ्य सामग्री खरिद प्रकरणमा समेत उजागर भएको छ । हिजो पनि शासकहरु भ्रष्टाचारमा लिप्त भएको कुरा उठेकै हो तर कालापानी, लिपुलेकको समस्या आएको बेला यो वाइडबडी, सुनकाण्ड, यति होल्डीङ्ग ठेक्का, लगायत विषयमा अहिले कुरा गर्ने बेला होइन भन्दै टारियो। अहिले सिङ्गो देश कालापानी लिपुलेक सिमानामा एक भई उभिनु पर्दछ भनियो। सबैले त्यही गरे त्यतिखेर पनि भ्रष्टाचारको आवाज छोपियो।
आठ वर्ष अघि मध्य पूर्व र उत्तरी अफ्रिकी मुलुकहरु क्रान्तिको मोर्चामा थिए । जसलाई पश्चिमा संचार माध्यमहरुले ‘अरब स्प्रिङ्ग’ को नाम दिएका थिए । उक्त क्रान्तिको बिजारोपण ट्युनेसीयाली नागरिक महोमद बौजियाजले १८ डिसेम्बरका दिन आफनो शरीरमा पेट्रोल खनाएर आगो लगाएर देह त्याग गरे पछि भएको थियो । सी दि बौजीद निवासी बौजियाज एक साधारण ठेला गाडामा सामान बेचेर दैनिकी चलाउँदै गरेका युवक थिए । प्रहरीले गरेको अभद्र व्यवहार र बेरोजगारीको बिरोध प्रदर्शन गर्ने ती युवकले उक्त कार्य गरेका थिए। उनले देहत्याग गर्नु परेको कारणहरु भ्रष्टाचार, बेरोजगारी तथा तानासाही पद्धतीले गर्दा हो भन्ने मान्यता स्थापित भयो । अन्ततोगत्वा अरब स्प्रिङ्ग तानाशाही बिरुद्ध छेडिएको जेहाद साबित भयो । ट्युनेसीयामा शुरु भएको उक्त क्रान्तिको आगो १८ भन्दा बढी मुलुकहरु ट्युनेसीया, अल्जेरिया, इजिप्ट, जुबुती, जोर्डन, मोरोक्को, ओमन, यमन, बहराइन, लिबिया, सुडान, कुवेत, साउदी अरेबिया, इरान, सिरिया हुँदै प्यालेस्टाइन लगायतमा फैलियो । परिणामस्वरुप ट्युनेसीया र इजिप्टका आजिवन राष्ट्रपतिहरु अपदस्त भए । जोर्डन, मोरोक्को मात्र होइन साउदी अरेबियाका राजाहरुलाई संबैधानिक परिधीमा बाधिनु पर्ने परिस्थितिको श्रृजना भयो । दुई बर्षसम्म सल्किएको उक्त आगोको राप र तापले सिरीया र यमनलाई भिषण गृह युद्धको चपेटामा गाँज्यो । कतिपय मुलुकहरुमा अझै भुसको आगो समान भएर समय समयमा बिद्रोही आवाजहरु सतहमा छताछुल्ल हुने गर्दछन ।
चारु मुझिमदारलाई हाम्रो जमानाको द्रोणाचार्य सम्झने हो भने तिनका एकलव्य जस्ता शिष्य मध्यका एक हुन केपी ओली । युग अनुसारको भिन्नतालाई स्वीकार्ने हो भने एकलव्यले बुढी औंला त्याग्नु परेको थियो भने बर्तमान प्रधानमन्त्रीले व्यक्ति हत्या बापत ‘कठोर जेल जीवन’ व्यतित गर्नु परेको थियो । कालान्तरमा मार्क्सका अनुयायि लेनिन, स्टालिन, माओ, पोलपोट आदीले प्रतिपादन गरेको साम्यवादी स्कुलिङ्बाट हुर्केका देङ्ग स्यौपेङ्गलाई सत्तोसराप गर्ने हाम्रा कम्युनिष्ट नेताहरुले ठूलै बैचारिक फडको मारेका छन्।
सामन्तीवादको अन्त्य भइ देश पूँजीबादी चरणमा प्रबेश गरेको अबसर पारेर हाम्रा प्राय सबै सर्बहारा कमरेडहरुले आफुहरु पुँजीवादीमा रूपान्तरण गर्न थालेका छन् । जति उच्च राजनीतिक नेत्तृत्व तहमा पुग्यो त्यति धेरै पूँजी संकलन र प्रबर्धनका निमित्त उनीहरु लालायित हुने गरेका छन् । जनता भन्दा छिटो नेताहरु धनी भएकै कारणले कपाल दुखाउनु पर्ने थिएन, तर समस्या नेताहरु पूँजीपति बन्ने क्रममा मुलुक स्वार्थ युद्धको लपेटामा जकडीन पुगेको छ । सरकार प्रमुखद्धारा समय–समयमा हामी जनतालाई आफु ‘सन्तान बिहीन र रोगी’ भएको हुनाले जीवनको बाकी अबधी मुलुकलाई समृद्ध र सुखी तुल्याउन समर्पित हुने गरेका बाचाहरु औचित्यहिन हुँदै गएका छन् । आसालाग्दा नेताहरु र जनताले विश्वास गरेका नेतृत्वकर्ताहरु नै भ्रष्टाचारमा लिप्त हुँदा चारैतिर नैराश्य छाएको छ।
ट्युनेसियामा सल्केको आगोको झिल्काबाट निर्मित अरब स्प्रिङ्गबाट पाठ सिकेर दुई तिहाइ बहुमतको समर्थन प्राप्त सरकारले काम नगर्ने हो भने उसैका लागि त्यो घातक हुन्सक्छ । ट्युनेसीयाली नागरिक महोमद बौजियाज आफनो शरीरमा पेट्रोल खनाएर आगो लगाएर देह त्याग गरे जस्तै नेपालमा पनि भविष्यमा त्यस्तै परिस्थित नआउदा भन्न सकिन्न । अहिले भइरहेको सरकारका अशोभनिय, अलोकप्रिय कार्यहरुले संघीय लोकतान्त्रीक गणराज्य समेत समाप्त भई जटिल परिस्थिती निर्माण हुने संकेत समेत आउन थालेको छ। सत्ताको बागडोर सम्हाल्ने हर्ताकर्ता नेताहरु सबैलाई थाहा छ न जनता हिजो कसैले उचालेर उचालिएका थिए न भोलि उचालिनेछन । दुई तिहाई निकटको सरकारलाई यसरी सहज रुपमा काम गर्ने अवसर छ । यो सरकारलाई नीतिगत निर्णय गर्न कसैले रोकेको छेकेको छैन । सरकार अलमलिएको छ । प्रधानमन्त्री बिगत १ वर्षदेखि बिरामी हुनुहुन्छ। हरेक दिन देशको सम्पूर्ण नागरिकले स्वास्थ्य लाभको कामना गरिरहेछन्।
दुई दिन अघी मात्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना संक्रमण बढेपछि केहि दिनको लागि अस्पताल भर्ना भए । अस्पतालमा उनी भर्ना हुने वित्तिकै बेलायतको प्रधानमन्त्रीले राजीनामा दिने नदिने भन्ने बारेमा संसदमा र आफ्नै पार्टी भित्र छलफल चलाइएको छ । केबल अस्पताल भर्ना भएको एक दिनमा । तर हाम्रो देशको नियती भने प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यले गर्दा सरकार संचालन र यसको प्रभावकारीतामा असर परेको कुरा गर्न नपाईने यो कस्तो संघीय लोकतान्त्रिक गणतन्त्र हो?
यो सरकार पूर्णरुपमा असफल त भइसकेको कुरामा विवाद छैन । सरकारकै पारा यस्तै रहने हो भने गणतन्त्रमाथि ठूलो प्रश्न खडा हुनेछ। हरेक क्षेत्रमा सरकार निकम्मा देखियो । रोजगार घटेको छ, भ्रष्टाचार बदेको छ। आर्थिक सूचक नकारात्मक छ। व्यापार घाटा पनि बढेर गएको छ । जनता निराश छन् । गरिबहरु मरिरहेका छन्। नेताहरु मोटाइरहेका छन्। धर्म र संस्कृति बेचिन थालेको छ । नैतिक मूल्य र मान्यताहरुमा धमिरा लागेको छ । अन्तरास्ट्रिय सम्बन्ध पनि निकै निराशाजनक छ। माथिका तथ्यहरुले सरकार पूर्ण रुपमा असफल भएको स्पष्ट छ। अनि यो बेलामा नेपाललाई यि सबै कुराबाट उद्धार गर्न सक्ने स्वस्थ, बलियो, १८ घण्टा खट्न सक्ने प्रधानमन्त्री चाहिएको छ। विरामी प्रधानमन्त्रीलाई आराम गर्न दिएर नयाँ प्रधानमन्त्रीको माग गर्नुपर्ने हो। तर के हामी यो सबै गर्न सक्छौ। के स्वयं नेकपाका क्रान्तिकारी कमरेडहरु यो आँट गर्न सक्छन्? देश अघी बढ्ने नबढ्ने यस्तै आँटमा भर पर्छ। हेरौ कतिको आँट गर्छन नेकपाका नेता कार्यकर्ताले। कम्तिमा एक विरामी हजुरबा समानका प्रधानमन्त्रीलाई आराम दिलाउन त आँट गरौं। होइन भने देशले पनि विरामीबाट तङग्रीन धेरै नै समय लाग्छ। सबै यहि कुरेर बसौं।
वास्तवमा हामी नेपाली गरिब होइन, गरिबी हाम्रो सोचाईमा छ। हाम्रो इतिहासको पाना पल्टाउने हो भने हामी कहिल्यै पनि हात फैल्याउने हुँदै होइन। कुनै समय बेलायतलाई सहयोग गर्न हैसियत राख्न सक्ने हामी अहिले किन यो अवस्थामा आइपुग्यौ? सोच्नुपर्ने कुरा यो हो। समय बित्दै गयो, दुनियाँ परिवर्तन भए। तर हामी ज्यूँका तिउँ रह्यौ। ४०० वर्ष अगाडि बनेका साँस्कृतिक सम्पदा हाम्रा यसका चिनारी हुन्। प्राचिनकालमा बनेका ऐतिहासिक सम्पदाहरू कति चोरिए, कति बेचिए, त्यसको लेखाजोखा गरेर साध्य नै छैन। हुँदा हुँदै हामी सबैतिर चोर्दैछौं।योत द्रौपतिको कौरबहरुले सारी तानेको भन्दा बढि भयो। यो सरकार पूर्णरुपमा असफल त भइसकेको छ! यसमा विवाद छैन!गणतन्त्र ढल्ने संकेत आएको छ!हरेक क्षेत्रमा सरकार निकम्मा देखियो! रोजगार घटेको छ,भ्रष्टाचार बदेको छ! अार्थिक सूचक नकारात्मक छ! व्यापार घाटा पनि बदेर गएको छ! जनता निराश छन्! गरिबहरु मरिरहेका छन्! नेताहरु मोटाइरहेका छन्! धर्म र संस्कृति बेचिन थालेको छ! नैतिक मूल्य र मान्यताहरुमा धमिरा लागेको छ! अन्तरास्ट्रिय सम्बन्ध पनि निकै निराशाजनक छ! माथिका तथ्यहरुले सरकार पूर्ण रुपमा असफल भएको स्पष्ट छ! दुनियाँले समयलाई चिने, समयअनुसार परिवर्तन गर्दै लागे तर हामी भने जहाँको त्यहिँ नै रह्यौं, जसले गर्दा अनेक देशमा नेपालीको हैसियत तेस्रो दर्जा जस्तो बनेको छ। यो कुरा हामीमा कहिँ कतै छिपेको छैन। करिब ७० वर्ष अघिसम्म कोरिया र नेपालको प्रतिव्यक्ति आय करिब–करिब बराबरी थियो। तर अहिले हेरौं, उसले नेपाली मजदूरको लागि नेपाली दूतावासमा पत्राचार गर्छ, हाम्रो भने काठमाडौंमा भीडलाई नियन्त्रण गर्न नसकेर प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्छ। यो हो हाम्रो वास्तविक भोगाई। जबसम्म हामी यी तमाम कुराबाट माथि उठ्न सक्दैनौं, तबसम्म यस प्रकारको बिलासिताले हामीलाई गिज्याउँछ। त्यसकारण, सिगापुरको सम्वृद्धिको कथाले के सन्देश दिन्छ भने यदि असल नेतृत्व र गन्तव्य भयो भने मुलुक गरिबीको सिकार बन्न पर्दैन । यस सन्दर्भमा नेपालले पनि सिंगापुरबाट पाठ सिक्न पर्ने देखिछ।
(.लेखक त्रिपाठी लण्डन अन्डरग्राउण्ड टनेलमा काम गर्ने प्रोजेक्ट इन्जिनियर हुन।)






