विप्लव र सीके राउतको गतिविधिमा ओली संशकित

samyantra-photoकाठमाडौं- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादी र सीके राउतको गतिविधिमाथि प्रश्न उठाएका छन् ।

सरकारको कामकारबाही प्रभावकारी नभएकोबारे छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री ओलीले विप्लव हिंसात्मक गतिविधिमा लागेको र राउत पृथकीकरणमा लागेको संकेत गरे । विप्लव र राउतप्रति संकेत गर्दै ओलीले हिंसात्मक र पृथकीकरणकाविरुद्ध राष्ट्रवादी शक्तिहरुको एकतामा जोड दिए ।

ओलीले गम्भीरतापूर्वक विप्लव र राउतको बारेमा कुरा उठाएपछि संयन्त्रको बैठकले सरकारमा रहेका दलहरुबीच एकता कायम राख्ने निर्णय गरेको छ ।