नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै रिट दायर

court nepalकाठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भएको नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदातलमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुइँटेल, केदार लुइँटेल, मनोज खड्का, प्रवीन्द्रराज जोशी र रुद्र पाठकले संयुक्त रुपमा दायर गरेको निवेदनमा दुई दलबीच भएको सो सम्झौता असंवैधानिक भएकाले कार्यान्वयन नगर्न÷नगराउन परमादेशको माग गरिएको छ ।

निवेदनमा स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरीत र संविधानको समेत पालना नगरी सम्झौता गरिएको उल्लेख छ । प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच यही वैशाख २३ गते संविधान कार्यान्वयन लगायत नौबुँदे सम्झौता भएको थियो ।