एनआरएन पोर्चुगलको कोषमा पदाधिकारीको लुछाचुंडी

NRNA-image1[1]पोर्चुगल,

गैर आवासीय नेपाली संघ(एनआरएन) पोर्चुगलको कोष पदाधिकारीबाट दुरुपयोग गरिएको खबर बाहिर आएको छ । अगस्ट १७, २०१५ बाट कार्यकाल शुरु गरेको यो समितिले अघिल्लो कार्यसमितिबाट १७ हजार पाँच सय सत्ताइस युरो बुझेको थियो ।

अघिल्लो कार्यसमितिले १६ अगस्ट २०१५ मा भएको महाधिवेशन पश्चात करिब बाह्र हजार युरो नगद र अन्य बाँकी रकम एनआरएन पोर्चुगलको नाममा बैकमा रहेको विवरण सहित यस समितिलाई कार्यभार बुझाएको थियो। तर यो समितिले बुझेको नगद रकम अहिलेसम्म बैङ्कमा जम्मा नगरी कार्यसमितिका पदाधिकारीले लुछाचुंडी गरी मनोमानी रुपमा खर्च गर्दै जानकारी बाहिर आएको छ ।

कार्यभार समाले पश्चात हरेक तीन-तीन महिनामा कार्यसमितिमा आर्थिक आयव्यय पेश गर्ने निर्णय गरेको जानकारी गराए पनि यस समितिले अहिलेसम्म पेश गरेको छैन ।

एनआरएन पोर्चुगलले केहि समय अघिसम्म मेशिन रिडयवल पासपोर्ट बनाउन सहजीकरण गर्न भनि प्रति व्यक्ति १५६ युरोसम्म उठाएको थियो । जब कि पासपोर्टको लागि नेपाली एम्वेशी फ्रान्समा लाग्ने शुल्क जम्मा १२० युरो मात्र हो । यो समितिले कार्यभार लिए पछि कतिजना नेपालीको पासपोर्ट एनआरएन पोर्चुगल मार्फत बनायो र त्यसबाट कति आयव्यय भयो न त अहिलेसम्म कार्यसमिति समक्ष पेश भएको छ न बाहिर सार्वजनिक गरिएको छ । उल्टै पदाधिकारी बीच कोषको रकम प्रयोग गर्न तानातानी भई एक अर्कामा मनमुटाब भएको खबर बाहिर आएको छ ।

अघिल्लो समितिले अगस्ट १६, २०१५ मा महाधिवेशनमा पेश गरेको आर्थिक प्रतिवेदन यस प्रकार छ ।13153507_10154137766591944_1201902344_n[1]