Exclusive : पनामा पेपर्समा उपेन्द्र महतोदेखि अरुण चौधरीसम्म

panamaकाठमाडौं- अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरण सार्वजनिकमा सात नेपालीको नाम परेको छ ।

सोमबार राति गरिएको सार्वजनिकमा अफसोर कारोबार गर्ने नेपाली व्यक्तिकम्पनीहरुको सूचिमा सातजना नेपाली परेका हुन् । पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांस कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवयुग डोल्माको नाम छन् ।

यो लिक्समा सन २०१३ को स्वीस लिक्सका व्यक्तिहरुको नाम पनि समवेश छ । १२ जनाको पुरानो नामलाई पनि यसपटकको सूचिमा अफसोर लिक्स भनेर समावेश गरिएको हो । यसबाहेक सतिशलाल आचार्यको नाम थपिएको छ ।

पुरानो लिक्सका रेणुका प्रधान, रेखा काब्रा, डाक्टर श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिश कुमार तोदि, बिजेश कुमार अग्रवाल, शैलेन्द्र कुमार गुप्ता, बिमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्र कुमार काव्राको नाम पनि सार्वजनिक गरेको छ । उनीहरुको नाम स्वीस लिक्स भनेर पुन सार्वजनिक गरेको हो ।