एनआरएनए अस्ट्रेलिया अवार्ड वितरण अगस्ट १० मा

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक्सिलेन्स र प्रेसिडेन्ट अवार्ड अगस्ट १० मा वितरण गर्ने भएको छ । एनआरएनले यी अवार्ड प्रत्येक दुई वर्षमा वितरण गर्दै आएको छ । एनआरएन अस्ट्रेलियाको मेनवर्नमा हुने साधारणसभामा उक्त अवार्ड वितरण हुनेछ ।

१० जनाले प्राप्त गर्ने प्रेसिडेन्ट अवार्ड एनआरएन अस्ट्रेलियाका अध्यक्षको तजबिजमा वितरण हुनेछ भने १४ विधामा वितरण हुने एक्सिलेन्ट अवार्ड समयसीमाभित्र मनोनयन पर्नु पर्नेछ । मनोनयका लागि आउँदो आइतबार अर्थात् जुलाई २२ सम्म समयसीमा थपिएको एक्सिलेन्स अवार्ड कमिटीमा संयोजक गणेश केसीले जानकारी दिए । गत १० जुनमा मनोनय खुला गरिएको थियो । सुरुमा १२ जुलाईसम्म समय सीमा तोकिएको थियो, पछि १० दिन थप गरेर २२ जुलाईसम्म पु-याइएको हो ।

अस्ट्रेलियामा रहेको नेपाली समुदायले पु-याएको योगदानलाई मूल्याङ्कन गरेर एक्सिलेन्स अवार्ड वितरण गरिन्छ । सिफारिसका आधारमा प्राप्त भएका निवेदनमध्ये छनोट कमिटीले विजेता घोषणा गर्नेछ ।

स्टुडेन्ड अफ द इयर–१२ कक्षा (तह), स्टुडेन्ड अफ द इयर–युनिर्भ्सिटी तह, स्पोर्ट्स पर्सन अफ द इयर– १८ वर्षमाथिका, स्पोर्ट्स पर्सन अफ द इयर– १८ वर्षमुनिका, कल्चरल एम्बास्डर अफ द इयर, अस्ट्रेलियन युथ पर्सन अफ द इयर, वुमन अफ द इयर, एनआरएनए अस्ट्रेलिया अफ द इयर, फ्रेन्ड्स अफ नेपाल अफ द इयर, बिजिनेस पर्सन अफ द इयर, कम्युनिटी सर्भिस पर्सन अफ द इयर, अर्गनाइजेसन अफ द इयर, मिडिया पर्सन अफ द इयर, स्टेट पर्सन अफ द इयर विधामा अवार्ड वितरण गरिनेछ ।

एक्सिलेन्स अवार्ड कमिटीमा एनआरएनए पूर्वअध्यक्ष केसी संयोजक छन् भने राजन बस्नेत उपसंयोजक, एनआरएनकी संरक्षक ईन्द्रा वन सल्लाहकार, न्यूसाउथवेल्सबाट पूर्वयुवा संयोजक विजय पोखरेल, अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसनका संयोजक हेमन्त काफ्ले, भिक्टोरियाबाट सुनिल भण्डारी, क्विन्सल्याण्डबाट केशवराज शर्मा, नर्दन टेरेटोरीबाट हरि रिजाल, अस्ट्रेलियन क्यापिटल टेरेटोरीबाट राजन ढुंगेल, वेष्टर्न अस्ट्रेलियाबाट दीपक शर्मा र साउथ अस्ट्रेलियाबाट दीपक विष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *