सयपत्रीमा भूमिका,मदन र थापाको”भिडन्त हुने”

लन्डन । सयपत्री नेपाली साँस्कृतिक समुह युकेले २१ जुलाई अर्थात् आउँदो आइतबार सयपत्री साँझ आयोजना गर्ने भएको छ ।

साँझ ७ बजे एम्पाएर हल अल्डर्शटमा आयोजना हुने उक्त साँझमा नेपाली राष्ट्रिय कलाकार भूमिका गिरी, मदन परियार र मधु सुधन थापाको बेजोड दोहोरी प्रस्तुति रहने आयोजकहरुले बताएका छन् ।

सयपत्री नेपाली सांस्कृतिक समूहले नेपाली मौलिक कला र संस्कृतिको संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्दै आइरहेको आम नेपाली जनसमुदायमा अबगतै भएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली मौलिक कला र संस्कृतिको संरक्षण सम्बद्र्धनलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने जमर्को समूहले गरिरहेको छ । यसै सिलसिलामा सधैंझै यसवर्ष पनि विविध साँस्कृतिक कार्यक्रममा उपस्थित भइ मनोरन्जन लिन समूहले अनुरोध गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *