काठमाडौं– सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले योजना अन्र्तगत जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने बताए । उनले स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेघावाटभन्दा बढि जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले कार्यक्रमको औपचारिक घोषणा गरिएको जनाए ।

मन्त्री पुनले ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नारा तय गरिए अन्तरगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको जनाए ।

मन्त्री पुनले कम्पनी मोडलमा आयोजना निर्माण गरिने भन्दै नाफाको ग्यारेण्टीसहित आयोजनामा २०९ खर्व स्वदेशी लगानी हुने जानकारी दिए ।

मन्त्रालयका अनुसार आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर तथा संस्थापकतर्फ ५१ सेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको छ । यो कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताका १९ वटा विद्युत आयोजना छनोट भएका छन् ।

जसमा स्वदेशी तथा विदेशी गरी करिव ७ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

मन्त्री पुनले नेपाल सरकारको अन्तरनिहित दृष्टिकोणलाई मुर्त रुप दिन आयोजना सञ्चालन गर्न लागेको भन्दै यो राष्ट्रिय अभियानमा सवैको सहभागिता हुने विश्वास व्यक्त गरे ।

यस्ता छन् जनताको लगानी हुने जलविद्युत आयोजनाहरु

फेसबुक कमेन्ट