लण्डन । गैर आवासीय नेपाली सघं एनआरएनए युकेले आगामी मे २१ तारिख आइतबार विशेष अधिवेशन गर्ने भएको छ । दशौं कार्यसमितिको विशेष अधिवेशन अल्डरसटस्थित एम्पायर हलमा तय गरिएको छ ।
गत ६ अगष्टमा २०२२ संघको वार्षिक साधारण सभा सम्पन्न भएको थियो । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले अधिवेशनमा वंशज आधारमा नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने बारे गम्भीर छलफल गरिने बताए ।
त्यस्तै विशेष अधिवेशनमा संघको नयां नेतृत्व चयनका लागि महाधिवेशन तयारी सम्बन्धमा छलफल, विधान संशोधन, नयां नेतृत्व चयनबारे सरसल्लाह, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शीता नाराको समिक्षा लगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचार विमर्श हुने समेत उनले जानकारी दिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतका सम्पूण पञ्जीकृत सदस्यहरु सहित एनआरएनए आइसीसीका पदाधिकारी लगायत केन्द्रिय पूर्व अध्यक्षहरु, संरक्षकहरु,गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्षहरु,सल्लाहकारहरु,बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि,प्रवुद्ध वर्ग तथा अभियन्ता गरी ८०० सय भन्दा बढी परामर्श समिति हरुलाई निमन्त्रणा गरिएको बताए ।
संस्थालाई सबैको अपनत्व हुने गरि काउन्सिल अवधारणामा लैजाने उद्देश्य सहित एनआरएनए युकेका अन्य धेरै बिषय हरुमा बहस गरी नया गतिले अगाढी बढ्ने तयारी गरिने भएकाले सबै सघं संस्थाको तर्फबाट प्रतिनिधिको सहभागिता विशेष महत्वपूण हुने र अधिवेशनमा आएका सुझाव सल्लाह एनआरएनएका लागि मार्गदर्शन बन्ने अध्यक्ष गाहाको भनाई छ।कार्यक्रममा उपस्थितिका लागि उनले सबैसगं आग्रह गरेका छन् ।






