शिव भण्डारी
लन्डन । ‘घुम्तीमा नआउँ है, आँखा तिमी जुधाउन’ जस्ता कालजयी गीत गाएर कपाल फुलाउनु भएका लिजेन्ड गायक प्रेमध्वज प्रधान लन्डन आइपुग्नु भएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा लिजेन्ट गायक प्रधानको स्वागतका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे तथा मगर संघ यूकेका अध्यक्ष सुनिल राना,कार्यक्रमकी प्रमुख संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष सिता पुन,उपाध्यक्ष छबि माया पुन ,महासचिव रुद्र थापा,संघकी सांस्कृतिक सचिब सरु राना मगर, प्याट्रोन घन थापा कोषाध्यक्ष गोमा राना ,समाजका सल्लाहकार ओमप्रसाद थापा,टमबहादुर ढेगा लगायत समाजका १ दर्जन प्रतिनिधि हिथ्रो विमानस्थल पुगेका थिए ।
जुन १ तारिख शनिबार मगर संघ बेलायतले फार्नबरो फुटबल क्लबमा आयोजना गरेको कार्यक्रममा गायक प्रधानको प्रस्तुति रहनेछ । आयोजक मगर संघका अनुसार नेपाली संगीतको चर्चित र स्टाइलिस गायक प्रधानले बेलायतवासी नेपाली समुदायलाई पुरानो ती दिनको सम्झाना गराउनु हुनेछ ।
प्रधान त्यस्ता गायक हुन्, जो नेपाली गीत संगीतमा छ दशकदेखि अनवरत लागिरहेका छन् । त्यसैले उनलाई नेपाली गीत संगीतको क्षेत्रमा लिजेन्ट गायक भनिन्छ । आमाबाट संगीतको प्रेरणा लिएका गायक प्रधानले स्वरसम्राट नारायण गोपाल, मणिरत्न र किरण खरेलजस्तो व्यक्तित्वको संगत गरेका थिए ।
जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान रहने छन् । प्रधानका अलावा लोकदोहोरी गायक कुलेन्द्र विक, गायिका शान्तीश्री परियार, नेपाल आइडलका लोकप्रिय गायिकाद्धय सन्ध्या बुढा ‘काउली बुढी?’ र निलिमा थापा, नायक धिरज मगर लगायतले प्रस्तुति गर्ने कार्यक्रम छ । मध्यान्ह १२ बजेदेखि साँझ ८ बजेसमम चल्ने कार्यक्रम ५ हजार दर्शकले हेर्ने अपेक्षा आयोजकले गरेका छन् ।
भिडियो हेर्नुहोस
विमानस्थलमै राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा मगर संघ यूकेका पदाधिकारी हरुले खादा र पुष्पगुच्छाले गरे भब्य स्वागत






