गोल्डेनसिपमा गायिका स्मृतीको साङ्गितीक साँझ हुने

लण्डन । गोल्डेनसिपमा गायिका स्मृती पोखरेलको बिशेष- साङ्गितीक साँझ हुने भएको छ।

नेपाली नयां वर्षको सांगीतिक धमाका लिएर नेपालबाट अस्ट्रेलिया हुदै लन्डन आइपुगेकी स्मृती ,२६ मे आइतबार सांझ साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा संगितिक धमका हुने भ्एको हो ।

गायिका स्मृती “तिम्रो चन्चले चुलबुले” म्युजिक भिडियोको छायांकनमा बेलायतमा केहि दिनमा रहने बताइन। गायक सुजन ढकालको शब्द संगीत रहेको गीतको भिडियोमा गायिका स्मृतीको नै अभिनय रहेको छ । गायिका स्मृतीको धेरै म्युजिक भिडियोहरु आइसकेका छन।

बेलायत आइपुगेका कलाकारलाइ सांगीतिक कार्यक्रमको माहोल जुटाएर कलाकार र नेपालीहरुको मन जित्दै आएको गोल्डेनसिपमा दर्शकको अपेक्षा गरिएको आयोजक देव गुरुङले जानकारी दिए ।आयोजक गुरुङले सहभागिताका लागि स्थानीय सबै नेपालीहरुलाई आग्रह गरेका छन्।

कार्यक्रम सांझ साढे ६ बजेदेखि राती अबेर सम्म सञ्चालन हुने तर प्रवेश शुल्क न-राखिएको आयोजक गुरुङको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *