पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, करोडौंको क्षति (भिडियो)

ललितपुर। ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र भीषण आगलागी हुँदा तीनवटा उद्योगमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार साँझ औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुर्‍याएको हो ।

साँझ साढे ६ बजेतिर सुरु भएको आगलागी राती १० बजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगो निभाउन काठमाडौं उपत्यकाका सबै दमकल परिचालन गरिएको थियो ।

https://youtu.be/L9jIajSTqYk