जनसम्पर्क समिति यूकेको महामन्त्रीमा केसीको उम्मेदवारी

लन्डन– नेपाली जनसम्पर्क समिति यूकेको महामन्त्रीमा प्रवेश केसीले उम्मेदवारी दिने भएका छन् ।

आगामी सेप्टेम्बर १६ तरिका सनिबार हुने नेपाली जनसम्पर्क समिति यूकेको अधिवेशनमा केसीले महामन्त्रीमा उम्मेदवारी दिने भएका हुन् ।

यस अघि नै एनआरएन यूकेको सल्लाहकारसमेत रहेका केसीले २०१३ देखि जनसम्पर्क समिति यूकेको प्रवक्ताको भूमिका निर्वाह गरिरहेका छन् ।

बेलायतको फानब्रोमा बस्दै आएका केसीले सिद्धार्थ बनस्थली स्कुलमा नेविसंघबाट राजनीति सुरुवात गरेका थिए । २००३ देखि कांग्रेसका क्रियाशील सदस्यता लिएका उनले बेलायतको युनिभर्सिटी अफ सरी गिल्फोडबाट इञ्जिनियरिङ अध्ययन पूरा गरेका छन् ।

केसी अध्यक्षका उम्मेदवार युवराज गुरुङको समूहबाट उम्मेदवार बन्दैछन् । लामो समय देखि बेलायतमा रहेर व्यावसायसँगै सामाजिक कार्यमा सक्रिय एक सफल युवा प्रोपर्टी व्यवसायी समेत हुन् ।

यसै बीच झण्डै ९ वर्षपछि हुन लागेको अधिवेशनमा नेपाल बाट केन्द्रिय नेता हरु एनपी साउद,सुरेन्द्र पाण्डेय लगायतका नेताहरु लन्डन आउने तयारी छ ।