पोर्चुगलमा छुरा प्रहारबाट नेपालीको मृत्यु

आकाश भण्डारी ,पोर्चुगल-

पोर्चुगलको राजधानी लिस्वनमा गए राति छुरा प्रहार गरि एक जना नेपालीको हत्या भएको छ ।

राजधानी लिस्वनको क्याम्पे पिकान्तेस्थित सडकमा अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । छुरा प्रहारबाट दाजुको घटना स्थलमा नै मृत्यु भएको हो । उनीसँगै भएका भाइ सामान्य घाइते भएका एनआरएन पोर्चुगलका निर्वतमान अध्यक्ष भीमकमल केसीले जानकारी दिए ।

पर्वत जिल्लाको मल्लाज निवासी वर्ष ४४ का हरि जी सी भएको जानकारी आएको छ। मृतक नेपाली लामो समयदेखि पोर्चुगलमा परिवार सहित बस्दै आएका थिए ।

सडकमा छुरा प्रहार गरि हत्या गरेको पोर्चुगल प्रहरीलाई उदृत गर्दै स्थानिय टेलिभिजनले सार्वजनिक गरेका छन् । मृतक चाइनिजको रेष्टुरेष्टमा काम गर्दै आएका थिए । दुई दिन अघि मात्र साहुले उनलाई कामबाट निकालेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।