बेलायत दूतावासमा उद्दार तथा राहत कोष: सातै दिन सेवा राखिने

शिब भण्डारी

लन्डन ।

embassy_of_nepal_20130522092050

महाभूकम्पका पीडितहरुलाई पठाइने राहत सामाग्री तथा आर्थिक सहयोग प्रभावकारी ढंगले पठाउनेबारे छलफल गर्न आयोजित दूतावास भेलाले ‘नेपाल ब्रिटेन उद्दार तथा राहत कोष’ स्थापना गरेको छ । आइतबार सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित भेलाले कोषसहित कार्यवहाक राजदूत तेज बहादुर क्षेत्रीको संयोजकत्वमा एक मूल समिति समेत स्थापना गरेको छ ।

26 April 2015 london 105

मुल समितिमा प्रा. डा. सूर्य सुवेदी, डा. राघवप्रसाद धिताल (ओविइ), महेन्द्र कंडेल, कुल आचार्य, डा. अरूणकुमार झा, रि.मे.डमर घले, चिरन शर्मा, सूर्य गुरूङ, राजेश पाठक, खगेन्द्र नेपाली र सुशीला कार्की छन् । बेलायतका विभिन्न सामाजिक 
संस्थाका अध्यक्ष पदेन सदस्य रहनेछन् ।

26 April 2015 london 106

यसअलावा तीनवटा उपसमिति अन्तर्गत उपचार तथा स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा डा. अरूण कुमार झा, अर्थ संकलन समितिको संयोजकमा सूर्य गुरूङ र राहत संकलन समितिको संयोजकमा रि.मे. डम्बर घले चुनिएका छन् । मिडिया परिचालन समितिमा चिरन शर्माको संयोजकत्वमा राजेन्द्र भट्ट, रूपेश सिलवाल, प्रकाश के.सी., रञ्जित बस्नेत, नवीन पोखरेल, मिलन शर्मा, विमला सेने, ध्रुवराज अर्याल, शिव भन्डारी, दिनेश परियार र राजकुमार थापा छन् ।11175022_1067591139921260_4474342119712236612_n[1]

आर्थिक सहयोग गर्न इच्छुक दाताहरुले दूतावासको अर्थक्वेक रिलिफ फण्ड बैंक अकाउण्टमा रकम जम्मा गर्न सक्नेछन् । बैंक विवरणः Natwest Bank Embassy of Nepal, London Sort Code: 60-15-33 Account Number: 05537339 दूतावासले विभिन्न श्रोतबाट संकलित रकम पछि प्रधानमन्त्री राहत कोषमा पठाउने छ । 26 April 2015 london 112 दूतावासले आफ्नो खातामा रकम संकलन गर्न आग्रह गर्दै यदि स्वविवेकले पठाउने भए दूतावासलाई जानकारी गराए त्यसको अभिलेख हुने कार्यवहाक राजदूत क्षेत्रीले जनाए । राहत सामाग्री तथा आर्थिक सहयोग संकलनलाई तीव्रता दिन दूतावासले हेल्प डेक्स समेत राख्ने भएको छ । यसअघि दूतावासमा फोन नउठ्ने समस्याले इच्छुक चन्दादाताले समेत कहां सम्पर्क गर्ने भन्ने प्रश्न उठेको थियो । दूतावासले अब सातै दिन भिजा सेवा दिने र इमेलको रेस्पोन्स् पनि तत्काल दिने प्रतिवद्धता जनाएको छ । हेल्प डेक्स सञ्चालनका लागि रि.मे. डमर घलेको नेतृत्वमा कुल आचार्य, पशुपति भन्डारी, विराज भट्ट, डा. कपिल रिजाल, शिवजी श्रेष्ठ र नारायण भट्टराई रहने जनाइएको छ । सो अतिरिक्त सेवाका लागि कम्प्युटरलगायत टेलिफोन सेट नेपाली टीभीको तर्फबाट निर्देशक विजय थापाले उपलब्ध गराउने भएका छन् । 26 April 2015 london 124

भेलामा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले संकलित रकम सम्वन्धित ठाउंमा पुग्ने नपुग्नेबारे चिन्ता व्यक्त गरेका थिए । सहयोग संकलनका नाममा व्यक्ति व्यक्तिको सक्रियताप्रति सचेत रहन पनि सहभागीले सुझाए । उक्त आकष्मिक भेलामा डा. जिलियन, चिरन शर्मा, रोशन सापकोटा, रमेश फुंयाल, विष्णु गुरूङ, मनिका श्रेष्ठ, एभरेष्ट गौतम, रामशरण सिंखडा, अर्जुन गौतम, कूल आचार्य, कमल खनाल, केशबहादुर गुरूङ, डा. अरूण झा, श्रेय पौडेल, विराज भट्ट, पशुपति भन्डारी, रि.मे. डम्बर घले, उमेश मोक्तान, सुरेशजंग शाह, राजन कंडेल, रूपा क्षेत्री ,सोलिसिटर राजु थापा ,कमल पौडेल, कृष्ण तिमिल्सिना, शिवजी श्रेष्ठ  लगायतले आ आफ्ना धारणा राखेका थिए । 11167663_1067590703254637_7301988286888593186_n[1]