चाहनामा म तिम्रो, यस्तो गीत गाउँछु – गायक सन्जिब पराजुली (भिडियो सहित)

image

गायक सन्जिब पराजुलीको स्वरमा सजिएको निकै रोमान्टिक गीत ‘चाहनामा म तिम्रो’ हालै सार्वजनिक भएको छ। ‘सुनय’ एल्बममा समेटिएको यस गीतमा शब्द-सङ्गीत हर्कुलिस बस्नेत र सङ्गीत-संयोजन अल्मोडा राना उप्रेतीको रहेको छ।

नेपाली कलाकारहरु अमेरिका भासिँदै गरेको अवस्थामा चर्चित मोडेल तथा नायक बिमलेश अधिकारीले बेलिनालाई उतै बिहे गर्ने ‘चाहना’ गीतको भिडिओ मार्फत राखेका छन्।

गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् भने राजिव र अनुपको संयुक्त छायांकन र हिमाल जोशीले सम्पादन गरेका हुन् ।

भिडियोमा अमेरिकाका विभिन्न रमणिय दृश्यलाई कैद गरिएको छ । यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

पराजुलीका ‘झिलमिल झिलमिल…’, ‘तिमी अनि म…’ लगायतका गीतहरुले यसअघि नै चर्चा कमाउन सफल भएका छन् ।