ग्रीनवीच भूतपूर्व सैनिक संघले सम्पन्न गर्यो, बिबिध कार्यक्रम

लन्डन । ग्रीनवीच भूतपूर्व सैनिक संघमा नाचगान,ग्रीन क्याप मोडेल, क्याटवाक लगाएत बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ l20264611_1287552011371861_1462302756830882050_n

गत २४ फेब्रुअरी २०१७ मा ग्रीनवीच कलेज, लन्डनमा सम्पन्न साधारणसभाले लिलादेवी गुरुङको अध्यक्षतामा २७ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन भएपछि सामाजिक दायित्य बिशेस विभिन्न कार्यक्रम हरु गर्दै आएको छ ।

लिलादेवी गुरुङको अध्यक्षतामा गत आइतबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एनआरएन युकेका उपाध्यक्ष हिराधन राई,थिए । प्रमुख अतिथि रहेका राईले गैर आवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्वरमा हुन गइरहेको ७ औं महाधिवेशनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् ।१८ वर्ष लामो ब्रिटिश सैनिक जागिरबाट अवकास लिएपछि सामाजिक काममा सक्रिय रहेका राईले अध्यक्षको उम्मेदवारी घोषणासंगै विभिन्न प्रतिवद्धता सार्वजनिक गर्दै गोर्खाको जायज मागमा एनआरएनलाई सहभागी गराउने कुरामा मेरो सदैब सक्रिय भूमिका रहने र एकपटकको नेपाली सधैको नेपाली भन्ने मूल नारालाई आत्मा साथ गर्दै नागरिकताको मुद्दालाई निरन्तर अगाडी बढाउने विषयमा आफ्नो विशेष भूमिका बताए ।
कार्यक्रममा अतिथि एल एन. पान्डे, मोहन गुरुङ,मनिष श्रेष्ठ, ह्यारी गुरुङ , कमला गुरुङ, रोजिना प्रधान राई लगायत समाजका बिभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो l20294302_1287552111371851_831865502353225956_n
यसै बीच ग्रीनवीच भूतपूर्व सैनिक संघले १५ सेप्टेम्बरमा आयोजना गर्ने लागेको दशैँ तिहार कार्यक्रम भब्य रुपमा मनाउन संघ कि अध्यक्ष लिलादेबी गुरुङले सम्पूर्ण बेलायतबाशी नेपाली दाजुभाई हरुमा आव्हान गरेकी छन् l