मस्कोमा नेपाली ब्यापारीलाई एनआरएनले गर्यो भब्य स्वागत

लन्डन । नेपाल फेस्टिवलको लागि मस्को आएका नेपाल ब्यापारीलाई भब्य स्वागत गरिएको छ । यही अक्टोवर अर्थात शुक्रबारबाट हुने मस्कोमा हुने नेपाल फेस्टिवलको लागि आएका ३६ ब्यापारीलाई एनआरएनले भब्य स्वागत गरेको हो ।

राजदूतावास र एनआरएनको संयुक्त आयोजनामा हुने फेस्टिवलको लागि ३६ ब्यापारी मस्को पुगेका हुन । मस्को पुगेको ब्यापारीहरुलाई एनआरएन महासचिव बद्री केसी, एनआरएन रसिया अध्यष रामेश्वर गौतम, एनसिसी उपसभापतिद्धय शिवमणी भुर्तेल, सुमन रिजाल र साम्बो खेल नेपालका अध्यक्ष तथा रसियाका ब्यापारी धनन्जय श्रेष्ठ, नेपाल राजदूतावासबाट कुमार बाबु श्रेष्ठले स्वागत गरे । फेस्टिवल ५ देखि ७ अक्टोवरसम्म चल्नेछ ।