लन्डन । हिन्दू पण्डित समाज बेलायतले नेपालीहरूको महान् चाड विजया दशमी हर्षोल्लास पूर्वक मनाउने भएको छ । समाजले लन्डन साउथहल मन्दिरमा बडा दशैं मनाउने भएको हो । आयोजकका अनुसार महान् पर्ब दशैं १० अक्टोबर बुधवार घटस्थापनाका दिनदेखि १९ अक्टोबर दशमीका दिनसम्म विविध धार्मिक र सांस्कृतिक समारोह गरी धुमधामले मनाइनेछ ।

दशैं कार्यक्रम घटस्थापनाबाट विशेष पूजा गरी जमरा राख्ने, दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवं आरती, सप्तमीका दिन विधिवत् फूलपाती भित्रयाउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रुपमा नव कन्या पूजन गरी दशमीका दिन पूजा विसर्जन र जमरा वितरणको कार्यक्रम छ ।
पूजामा सरिक हुन कुनै जानकारी लिनुपरे पं. चिरञ्जीवि ढकाल 07946599795 पं. गोविन्द नेपाल 07946727164 पं. दुर्गाप्रसाद पोख्रेल 07882418890 पं. नारायण पौडेल (गाऊँले) 07916733773 पं. शेखर काफ्ले 07402945383 श्री होमनाथ पौडेल 07888673660 लाई सम्पर्क गर्न सकिने छ।स्थान: 2 Lady Margaret Rd, Southall UB1 2RA
समाजले ‘श्रद्धा र स्वेच्छापूर्वक विशेष यजमानका रुपमा पूजामा सरिक भएर महान् चाड विजया दशमी हर्षोल्लास पूर्वक मनाउन सहभागिताको लागि बेलायत स्थित नेपाली दाजु भाई दिदि बहिनि हरुमा आह्रवान समेत गरेको छ ।






