बारामा यात्रुबाहक बस दुर्घटना, तीन जनाको मृत्यु

बारा, ८ बैशाख । बाराको पसपुल नजिकै भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

सर्लाही पुर्नवासका लक्ष्मी पासवान, सुन्दरपुर १ सर्लाकीका फकलु गिरी र उनकी श्रीमती सीता गिरीको मृत्यु भएको प्रहरी कार्यालय निजगढले जनाएको छ ।
पिसाव फेर्न रोकिएको गाडीका चालकले निन्द्रा लागेको भन्दै केहीबेर बस्न आग्रह गरेपनि यात्रुहरुले बसचलाउन कर गरेपछि केही समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सर्लाहीको मलंगवा जाँदै गरेको ना ४ ख ४५१६ नम्बरको यात्रुबाहक बस पसपुल नजिकै दुर्घटना भएको हो ।

घाइते आठ जनालाई उपचारको लागि महन्दी अस्पताल पुर्‍याइएको छ ।