चिनिया राष्ट्रपति पहिलो औपचारिक भ्रमणका क्रममा अमेरिकामा

बुधबार, ६ असोज
एजेन्सी। चिनिया राष्ट्रपति सि जिनपिङ पहिलो औपचारिक भ्रमणका क्रममा अमेरिका पुगेका छन् । भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ओबामा र सिबीच साइबर सुरक्षाका बारेमा छलफल हुने जनाइएको छ ।

अमेरिका र चीनबीच साइबर सुरक्षाको विषयलाई लिएर चिसिएको सम्बन्ध यो भ्रमणले सुधार हुने अनुमान गरिएको छ । चीनले अमेरिकी कम्पनीहरुमा भैरहेको साइबर आक्रमणप्रति आफ्नो हात नभएको स्पष्ट पारेको छ । तर अमेरिकाले भने चीनले नै साइबर आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ ।

चीन सरकारले साइबर जासुसी गैरकानूनी भएकाले यस्तो गैरकानूनी गतिविधि गर्ने समुह वा व्यक्तिसँग चीनले कुनै सम्बन्ध नराख्ने पनि जनाएको छ । चीनले साइबर आक्रमण रोक्न अमेरिकासँग साथ र सहयोग बढाउन तयार रहेको बताएको छ ।

चिनिया राष्ट्रपति सीले सिएटल शहरबाट आफ्नो यात्राको सुरुवात गर्न लागेका हुन् । उनले त्यहाँ रहदा उद्योग र टेक्नोलोजिसँग सम्वन्धित महत्वपूर्ण व्यक्तिहरुलाई भेट्ने कायृक्रम रेहेको जनाइएको छ । त्यसपति उनी वाशिंटन जाने कार्यक्रम रहेको छ ।