एनआरएनए यूकेका पूर्वअध्यक्ष गुरुङद्वारा विद्यालयलाई सहयोग

लन्डन– एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङले कास्कीको एक विदालयलाई आर्थिक सहयोग गरेका छन् ।

बेलायतका समाजसेवी एवं व्यवसायी गुरुङले कास्कीको अर्मलास्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । गोर्खा प्यालेस रेष्टुरेन्ट, फार्नबोरोका सञ्चालक गुरुङले विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक समक्ष ८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।

उनले आफ्नो रेष्टुरेन्टमा वर्षेनी वार्षिकोत्सव गरि ग्राहकबाट संकलित रकम विभिन्न च्यारिटीमा खर्च गर्दै आएका छन् । उनले भूकम्प लगत्तै आफ्नो रेष्टुरेन्ट गोर्खा प्यालेसमा च्यारिटी गरेर १५ लाख रुपैयाँ पीडितलाई प्रदान गरेका थिए । उनले च्यारिटी गरेर करिब ६५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा सहयोग गरिसकेका छन् ।