लन्डन । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले दीपावलीको उपलक्ष्यमा शुभकामना दिएका छन् । दीपावलीको अवसरमा शुभकामना दिँदै उनले सबैलाई सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन ।
दीपावलीले सबैमा आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ प्रगाढ बनोस् भन्ने कामना पनि उनले गरेका छ्न । यसै गरि दीपावली उज्यालो, खुशी र समृद्धीको पर्व भएकाले रमाइलो गरेर मनाउन शुभकामना दिएका छन् ।






