मोदीलाई अमेरिकी राष्ट्रपति ओबामाको फोन, के-के भयो कुराकानी ?

President Barack Obama greets supporters on the tarmac after arriving on Air Force One, Tuesday, July 14, 2015, at Philadelphia International Airport in Philadelphia, before speaking at the NAACP's 106th national convention, and attend a Democratic fundraiser. (AP Photo/ Joseph Kaczmarek)

काठमाडौं, २५ कात्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् ।
मंगलबार राति भएको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ओबामाले मोदीलाई सुरुमा दिपावलीको शुभकामना दिएका छन् । र दुबै जनाले अर्काे हप्ता टर्कीमा सुरु हुने जी-२० शिखर सम्मेलनका क्रममा भेटवार्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।
टेलिफोन वार्तापछि मोदीले भारतीय सञ्चारमाध्यमलाई भनेका छन्- ‘मंगलबार राति अमेरिकी राष्ट्रपतिले मलाई फोन गर्नुभयो । हामीले एकआपसमा दिपावलीको शुभकामना बाड्यौं । भर्खरै स्थापित हटलाईनमा यो हामीबीचको पहिलो कुराकानी थियो । राष्ट्रपति ओबामा र म जी-२० शिखर सम्मेलनका क्रममा टर्कीमा भेट्ने कुरा पनि भएको छ ।’
समाचार अनुसार मोदीसँग अमेरिकी राष्ट्रपति ओबामाले अन्य थुप्रै मुद्दामा चाँसो राखेका थिए । जसमा नेपाल भारत सीमा क्षेत्रमा देखिएको अवरोधको विषय पनि रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । ‘भारत र नेपालबीचको सीमा नाका अवरोधका बारेमा पनि ओबामाले गम्भीर चाँसो राखेका थिए ।’ समाचारमा भनिएको छ ।
उसो त अमेरिकाका नेपालीले समेत नाकाबन्दीविरुद्ध ह्वाइट हाउस अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् भने नेपालस्थित अमेरिकी राजदूतावासले सूचना जारी गरेर नेपालमा नाकाबन्दीको अवस्था रहेकाले अमेरिकी नागरिकलाई नेपाल नआउन सुझाव दिइसकेको छ । जसका कारण ओबामा भारतीय नाकाबन्दीबारे जानकार रहेको विश्लेषकहरु बताउँछन् ।