विराटनगर– सोलुखुम्बुको तिङलामा सोमबार साँझ मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
साँझ पौने ८ बजे तिङला ७ स्थित ओखलढुंगा – सल्लेरी सडक खण्डमा ओखलढुंगाबाट सुल्लेरीतर्फ आउँदै गरेको बा २ ख ५५४४ नम्बरको मिनि ट्रक तिब्र गतिका कारण सडकबाट १ सय ५० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्रकका मालिक सोलुखुम्बु मुक्ली १ का ५० वर्षीय भिमबहादुर बस्नेत, उनका भतिजा सोही ठाउँका ३५ वर्षीय छत्रध्वोज बस्नेत र अर्का एक पुरषको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल सोलुखुम्बुमा उपचार भईरहेको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।






