यौन दुर्व्यवहारको अभियोग लागेका दुई न्यायाधीशमाथि छानविन

Man touching shoulder of uncomfortable woman co-worker
Man touching shoulder of uncomfortable woman co-worker

काठमाडौं- महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ।

महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना सार्वजनिक भएपछि उनीहरुमाथि छानविन हुन लागेको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरुलाई सोमबार सर्वोच्चमा बोलाएका छन्।

महोत्तरीको एक होटलमा न्यायाधीशद्वयले रक्सीले मातिएका अवस्थामा एक महिलामाथि आइतबार हातपात गरेको अभियोग लागेको छ । बास्तोलाले महिलालाई पाखुरामा समातेर अभद्र भाषामा होटलको कोठामा लैजान खोजेपछि उनी चिच्याएको स्थानीय वासिन्दाले प्रहरीमा बयान गरेका छन् ।