गायिका सुशीलाको नयाँ तीज गीत सार्वजनिक हेर्नुहोस भिडियो

 

लण्डन । महिना दिन अघि देखि नै नेपालमा महिलाहरुको महान पर्व तीजको रमझम शुरु भइसकेको छ । कार्यक्रम तय देखि अहिले तीजसंग सम्वन्धित गीतमा धमाधम म्यूजिक भिडियो बन्ने क्रम बढेको छ ।

यसै सिलसिलामा गुल्मेली चर्चित लोक दोहोरी गायिका सुशिला गौतमको नंया तीज गीत ‘रातो भाले ’ सार्वजनिक भएको छ । उनले हरेक बर्षको तीजमा गाएका गीतहरु हिट छन् । सुशिला प्राय आफूले गाउने गीत आँफै लेख्छिन् ।

उक्त गीतमा गायिका गौतमको लय तथा शब्द रहेको छ भने सुमधुर स्वर का धनी गायक खुमन अधिकारीको संगीत रहेको छ ।

बिक्रम चोहानले निर्देशन गरेको उक्त म्यूजिक भिडियो मिलन बिकले सम्पादन गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका हुन् ।

हेर्नुहोस म्यूजिक भिडियो :