मेक्सिकोलाई हराउदै ब्रजिल पुग्यो क्वार्टरफाइनलमा

काठमाडौं ।मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो ।

५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।