लिस्बन । बागलुङ समाज पोर्चुगलका संस्थापक अध्यक्ष कुविर मल्लको शनिवार निधन भएको छ।
मल्लको विहान सान्तिआग्वा दे कसाई अस्पताल अलेन्तेजुमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । भूतपूर्व भलिबल खेलाडी समेत रहेका मल्ल ठकुरी सामाज पोर्चुगलका संस्थापक अध्यक्षको रुपमा रहेका थिए ।
पोचुगलमा लामो समयदेखि समाजसेवा गरिरहेका उनको मृत्युको खबरले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।






