काठमाडौं– तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाको धर्ना हट्ने सम्भावना नरहको जनाएको छ ।
मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने, ‘धर्ना किन हटाउने ? धर्ना हट्ने कुनै सम्भावना छैन ।’
उपत्यका बाहिर रहेका अध्यक्ष यादवले बिहीबार बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बस्ने मधेसी मोर्चाको बैठकमा छलफल हुन सक्ने भए पनि धर्ना हट्ने सम्भावना नरहेको उल्लेख गरे ।
उपत्यकाबाहिर भए पनि बैठकमा भने आफू आइपुग्ने अध्यक्ष यादवले जानकारी दिए ।







