लण्डन । बेलायतको स्कटल्याण्ड राज्यमा हुने जनगणनामा सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्दै एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले महत्वपूर्ण जानकारी दिएका छन् ।
यही मार्च २० मा उक्त राज्यमा हुन गईरहेको जनगणनामा नेपाली समुदायका नागरिकहरुलाई जनगणनामा सहभागी हुन किन महत्वपूर्ण छ भन्ने विषयमा कार्कीले विभिन्न सुझाव र जानकारीहरु दिएका छन् ।
उक्त जनगणनामा विभिन्न प्रश्नमा नेपाली लेख्ने सुविधा दिईएको भन्दै उनले नेपाली समुदायका मानिसहरुले पाउने सेवा सुविधा र भावि नेपाली पुस्ताका लागि ईतिहास लेख्न समेत महत्वपू्ण रहेकाले यसमा सहभागी हुन उनको अनुरोध छ ।
प्रत्येक १० वर्षमा हुने जनगणना यसवर्ष हुन लागेकाले यो मौका नछुटाउन कार्कीले अनुरोध गरे । लण्डन न्यूज नेपालसगंको कुराकानीमा उनले भने ‘नेपाली संस्कृति, भाषा, इज्जत जोगाउने, सबैभन्दा महत्त्वपूणर् नेपाली भाषा परिषद्मा हुने तथा विद्यालय, सडकको स्वास्थ्य सेवा र अन्य महत्वपूर्ण सेवाहरूमा सार्वजनिक पैसा कसरी खर्च गर्ने भनेर सरकारलाई निणर्य गर्न समेत मद्धत पुग्ने भएकाले यो जनंगणनामा सहभागी हुन निकै महत्वपूणर् छ ।’
‘भोलिको नेपाली पुस्ताले काउन्सिलमा नेपाली भाषा भएकोमा गर्व गर्नेछ र सबै वेबसाइटहरू नेपालीमा अपडेट हुनेछन् ताकि जो कोही नेपालीबाट आगन्तुक भएर आए उनीहरूलाई सरकारी कार्यालयमा गएमा कुनै समस्या हुँदैन् ,’कार्कीले भने ।
कसरी हुने जनगणनामा सहभागी ?
कार्कीका अनुसार स्कटल्याण्डमा पनि बेलायतका अन्य राज्यहरुमा जस्तै अनलाइनबाट वा कागजको फाराम घरमै मगाएर जनगणनामा भाग लिन सकिने छ । अनलाइनबाट फाराम भर्दा ‘जन्म देश’ सम्बन्धी प्रश्नमा ‘इल्सह्वेर’ छानि ड्रपडाउन मेनुबाट ‘नेपाल’ छान्न सकिने छ ।
मुख्य भाषाको प्रश्नमा पनि ड्रप डाउन मेनुबाट ‘नेपाली’ रोज्न सकिने छ ।यस्तै, “कहाँको राहदानी बोक्नुहुन्छ?” भन्ने प्रश्नमा पनि ‘नेपलिज’ छनौट गर्ने अवसर दिइएको छ । त्यस्तै, “न्याशनल आइडेण्टिटी?” सम्बन्धी प्रश्नमा पनि ‘नेपलिज’ छान्न सकिने छ । कसैले ‘गोरखा’ राख्न चाहेमा त्यसलाई पनि रोज्न सकिने छ ।
“तपाईंको इथ्निक समूह के हो?” भन्ने प्रश्नमा भने स्कटिस एसिएन, ब्रिटिश एसिएन छानेर त्यसभित्र ‘अदर’ छाने पछि ‘नेपलिज’ छान्न पाइन्छ । कागजको प्रश्नावलीमा प्रश्न नम्बर ९ मा “तपाईंको जन्मदेश कहाँ हो?” भन्ने प्रश्न छ भने प्रश्न नम्बर १६ मा “तपाईंको मुख्य भाषा के हो ?” भन्ने प्रश्न छ । प्रश्न नम्बर २२ मा “तपाईंलाई आफ्नो राष्ट्रिय पहिचान के हो जस्तो लाग्छ?” भन्ने प्रश्न छ भने प्रश्न नम्बर २३ मा “तपाईंको जातीय समूह के हो?” भन्ने प्रश्न छ ।
कागजको प्रश्नावली भर्नेहरुले नेपाली लेख्न चाहेमा खाली बाकसमा लेख्नुपर्ने पनि कार्कीले जानकारी दिए । उपाध्यक्ष कार्कीले स्कटल्याण्डको जनगणनामा नेपाल र नेपाली छनौट गर्ने सुविधा दिइएकोमा खुशी व्यक्त गरे । उनले जानकारी लिन चाहेमा ०८०००३०८३०८ मा सम्पर्क गर्न तथा यो लिकंमा क्लिक गरेर जनगणनामा समावेश हुन आग्रह गरेका छन् ।
यस्ता छन् कार्कीका ५ महत्वपूणर् जानकारी
1. जनगणना प्रत्येक 10 वर्षमा गरिन्छ, त्यसैले यदि तपाईंले मिस गर्नुभयो भने हामी अर्को 10 वर्षमा यो गर्न सक्दैनौं।
2. आफ्नो संस्कृति, भाषा, इज्जत जोगाउने, सबैभन्दा महत्त्वपूर्ण नेपाली भाषा परिषद्मा हुनेछ बरु दोभाषे बनाउन कोही खोज्ने?
3. हाम्रो जानकारीले विद्यालय, सडकको स्वास्थ्य सेवा र अन्य महत्त्वपूर्ण सेवाहरूमा सार्वजनिक पैसा कसरी खर्च गर्ने भनेर सरकारलाई निर्णय गर्न मद्दत गर्नेछ।
4. हाम्रो पुस्ताले काउन्सिलमा नेपाली भाषा भएकोमा गर्व गर्नेछ र सबै वेबसाइटहरू नेपालीमा अपडेट हुनेछन् ताकि जो कोही नेपालीबाट आगन्तुक भएर आए उनीहरूलाई सरकारी कार्यालयमा गएमा कुनै समस्या हुँदैन। भाषाको विकल्प हुन सक्छ।
4. सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामीसँग फारम भर्दा नेपालीको विकल्प हुनेछ बरु स्कटिश ब्रिटिश, इन्डियन वा बंगलादेश वा पाकिस्तानी तर नेपाली हुनेछ।
त्यसैले स्कटल्याण्डमा बस्ने सबै नेपालीलाई यो जनगणना यथाशीघ्र पूरा गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु। 08000308308 मा कल गर्नुहोस्






