बेलायतमा गुल्मेलीको प्रसंशा पाएपछि रोकिएन सुशिलाका आँखामा आँशु ( भिडियो)

लण्डन ।  विभिन्न निर्णय गर्दै आइतबार गुल्मी जिल्ला समाज यूकेको  बैठक सम्पन्न भएको छ। गुल्मी जिल्ला समाज यूकेले गायिका सुशिला गौतमलाई बिदाई गरेको छ।
समाजले आइतबार ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा आयोजित कार्यक्रममा समाजका तर्फबाट गौतमको औपचारिक बिदाई गरिएको हो ।
गुल्मेली भेलामा सहभागी हुन लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम बेलायत आइपुगेका हुन् । गायक बैकुण्ठ महत भने यस अघिनै नेपाल फर्किसकेका छन् भने सुशिला गौतम बेलायतका विभिन्न कार्यक्रममा अझै व्यस्त छन्
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतम लगायतले खादा र मायाको चिनोसहित सम्मान गर्दै बिदाई गरेका थिए । त्यसअवसरमा गायिका गौतमले बेलायतमा आएर नेपालीहरुमाझ प्रस्तुति दिने अवसर दिएकोमा समाजप्रति आभार प्रकट गरेकी थिइन् ।समाजका सदस्य र कार्यसमितिका पदाधिकारीहरुले सम्मानका क्रममा जीवनका हरेक यात्रामा यो बिदाई भन्ने सब्दनै कठिन हो, भन्दै आँखाबाट आँशु झारिन।
एक  हजार भन्दा बढिको सहभागितामा सम्पन्न समाजको १२ औं वार्षिकभेलामा गायिका गौतमसंगै गायक बैकुण्ठ महत एबम प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष प्रस्तुति सहित कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रमले भेला भब्य रुपमा सम्पन्न भएको हो ।
गुल्मी जिल्ला समाज यूकेको अपांगता दिवस च्यारिटी २ डिसेम्बरमा
गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसका अवसरमा हरेक वर्ष गर्दै आएको च्यारिटी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।
यसैबीच समाजले हरेक वर्ष गर्दै आएको अपांगता दिवस च्यारिटी यसपटक डिसेम्बर २ आइतबारका दिन साउथ ईस्ट लण्डनमा गर्ने निर्णय गरेको छ । च्यारिटी कार्यक्रमको संयोजन गर्ने जिम्मा उपाध्यक्ष राजन खरेललाई लगाइएको छ । उक्त कार्यक्रममा गुल्मीको तम्घासस्थित आशा अपांग केन्द्रबाट गंगा रायमाझी पनि आउने भएकी छन् ।
बैठकले गत अगस्टको वाषिृक भेला कार्यक्रमको समिक्षासहित संस्थाका भावी कार्यक्रमहरुबारे छलफल गरेको थियो । पहिलो सत्रको बैठकको सञ्चालन सचिव बीर बलालले तथा दोस्रो सत्रमा गायिका सुशिला गौतमको बिदाई कार्यक्रम महासचिव शिव भण्डारीले सञ्चालन गरेका थिए ।( भिडियो)