बेलायतको कोभेन्ट्रीमा पञ्जेबाजा समुहले मनायो २५८५ औँ बुद्ध जयन्ती

लण्डन । कोभेन्ट्री पञ्जेबाजा समुह बेलायतले बुद्ध जयन्तीको अवसर पारेर विशेष सांस्कृतिक साँझ तथा विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । समुहले मे ७ तारिख कोभेन्ट्रीमा २५८५ औँ बुद्ध जयन्ती तथा नेपाली पञ्चेबाजाको प्रवद्र्धन गर्ने उद्धेश्य सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा उपस्थित अतिथिहरुलाई लाई पञ्चेबाजाद्धारा  स्वागत एवम् सम्मान व्यक्त गरिएको थियो ।

कार्यक्रममा एनआरएनए युके उपाध्यक्ष एवम् बुद्ध फाउण्डेसन युकेका अध्यक्ष दिपक श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले बत्ति बालेर पञ्चेबाजामा पानी राखेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुद्धको दिव्योपदेश मनन गर्न सबैलाई अनुरोध गरे । उनले विगतमा लण्डनमा गर्दै आएको बुद्ध जयन्ती ठाउँको अभावका कारण रोकिएको भन्दै आगामी दिनमा भव्य समारोहकाबीच मनाउने जानकारी दिए ।कार्यक्रममा श्रृजनशील लेष्टर समाजका अध्यक्ष नारायण फुयाँल एबम चितवन समाज युकेका अध्यक्ष शालिक सापकोटाले सुभकामना सम्बोधन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग यूकेका सभापति पवन शर्मा,ओएनएफ युकेका अध्यक्ष तुङ्ग भद्रा भुसाल, एनआरएनए युकेका उपाध्यक्ष नारायण कडेंल, भण्डारी ब्रदर्शका निर्देशक कमल भण्डारी,साझाका पूर्व अध्यक्ष महेश अधिकारी,समाजसेवी पशुपति पोखरेल, शेफ ऐसोसियसन युकेका कोशलेशार ढकाल, साझा नेपाली संस्थाका कृष्ण शर्मा, एनआरएनए पूर्व उपाध्यक्ष कमल गुरुङ, कभेन्ट्री समाजका सन्तोष पौड्याल, मगर सघं युकेका प्रेम मगर, समाजसेवी तथा सफल व्यवसायीहरु पदम गोले, भूपेन्द्र राणा, ईन्द्र पाठक, काभ्रे समाजका सचिव अस्विन नेपाल, लोकनाथ अधिकारी, ईश्वरी कडेंल, बलराम चापागाईँ, गुञ्जेश्वर न्यौपाने लगायतको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै समाजसेवी शिव खरेल, लण्डन नेपाल न्यूजका सवांददाता प्रकाश कडेंल, अभियान्ता शिव निरौला, शंकर पोखरेल, प्रेम सापकोटा, अनिल शर्मा, बिष्णु सापकोटा, प्रोफेसर प्रदिप लामिछाने, शान्ति नेपाली समाजका सलाहकार बद्री बस्नेत, समाजसेवी नरबहादुर थापा, कभेन्ट्री नेपाली समाजका सन्तोष रेग्मी, महासचिव बाबुराम भुषाल, मणि सापकोटा, सुवास अधिकारी, नविन गौतम, बिनोद बि.क, श्रृङ्म तिमिल्सिना, दुर्गा रिमाल, दुर्गा बि.क, सुवास चन्द्र नेपाली, कल्पना दाहाल, डिबि नेपाली, ललित परियार, प्रकाश आचार्य, भरत श्रेष्ठ, भुपेन्द्र बस्नेत र अञ्जना गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा कलाकारहरु बबिता बानियाँ(जेरी), रमिला न्यौपाने, सहिमा श्रेष्ठ र स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै डिजे हेम बिष्टको विशेष प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

औपचारिक कार्यक्रमको रमेश कंडेल संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम प्रकाश आचार्यले संचालन गरेका थिए। कार्यक्रम लण्डन नेपाल न्यूजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।