बाबुरामले भने–काँग्रेसले सदन तताओस्, म सडक तताउँछु

काठमाडौं– नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि सडक र सदन दुवैतर्फबाट दवाव बनाउनुपर्ने बताएका छन् ।
नयाँ शक्ति निकट राष्ट्रिय यूवा अभियानले मंगलवार आयोजना गरेको ‘स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको आबश्यकता’ विषयक अन्तक्रियामा बोल्दै भट्टराईले सदनमा दवाव बनाउन काँग्रेस नेताहरुसँग आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै बाबुरामले भने,

–प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अनिवार्य छ भन्ने आमजनताको चाहना हो । यसका लागि सडक र सदनबाट यसका लागि दवाव सिर्जन गर्न आग्रह गर्दछु ।
–संसदमा काँग्रेस एक तिहाई भएकाले यहाँ उपस्थिति चन्द्र भण्डारीमार्फत काँग्रेस नेताहरुलाई आग्रह गर्दछु । तपाईंहरु सदनमा दवाव दिनुहोस् । म सडक तताउछु ।
–म संवाद समितिको सभापति हुँदा कार्यकारी राष्ट्रिपतिका लागि धेरै पहल गरे ।
अन्तिम समयमा आएर एमाले र प्रचण्डले छाडे ।
–यो विषयमा छलफल हुँदाहुँदै प्रचडले ल मैले छाडेँ भने । मैले र नारायाणकाजीजीले सल्लाह नै नगरी किन छाडेको भन्यौँ । ठूला नेता बोलेपछि हुने ंसदीय व्यवस्था छ । त्यहाँबाट यो कुरा रोकियो । नत्र केही लेनदेन हुन्थ्यो ।
–संघीयता र शासकीय स्वरुप जोडेर संसोधन गर्नुपर्छ । विवादित पूर्वका तीन जिल्ला झापा, मोरङ, सुनसरी तथा पश्चिमका कैलाली र कंचनपुरका विषयमा पनि निर्णय लिनपर्छ । पूर्व र पश्चिमको शेरलाई केही नहँुने भनेर बिचका जनता आक्रोशित भएका छन् । पूर्व र पश्चिमले पनि अडान छाडे हल हुन्छ ।
–प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीले निरकुशता जन्मन्छ भन्ने मत पनि छ । फिर्ता बोलाउने व्यवस्था राखेर सन्तुलन गर्न सकिन्छ ।
–यस्तो व्यवस्थामा मन्त्री बनाउँदा राष्ट्रपतिले नै छान्ने हुन्छ । समानुपातिक पनि हुन्छ । संसदीय चुनावमा पैसाको चलखेल पनि रोकिन्छ ।
–यस्तो व्यवस्थाले स्थिरता आउछ ।
–अहिले फेरि ०६२–०६३ आन्दोलनका उपलब्धी गुम्ने हुन कि भन्ने खतरा बढेको छ ।
–नेपाली जनताले संघर्ष गरेर ल्याएका उपलब्धीमा बाह्य शक्तिको हात देख्ने ठूलो तप्का छ । यसले पनि समस्या ल्याउने गरेको छ ।