काठमाडौंमा विस्फोट गराउन ल्याएको बम कोठामै पड्कियो

काठमाडौं,४ माघ – तराईको एक सशस्त्र समूहले उपत्यकामा विस्फोटको योजना बनाएको खुलेको छ । विस्फोटका लागि राखिएको एउटा सुतलीबम कोठामा विस्फोट भएको छ भने अर्को प्रहरीले डिस्पोज गरेको छ ।

स्युचाटारमा डेरामा बस्ने अमृत शर्माको कोठामा शुक्रबार बेलुका सुतलीबम बिस्फोट भएको हो । विस्फोटमा इलामकी सीतामाया राई सामान्य घाइते भएकी छन् । उनी शर्माको साथी भएको प्रहरीले जनाएको छ ।

शर्माको कोठामा भेटिएको अर्को सुतलीबम डिस्पोज गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले जानकारी दिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।