नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले अन्तर्राष्ट्रिय बजार अनुसार समायोजनको लागि मूल्य घटाएको हो । निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गर्छ ।
अब पेट्रोलको प्रतिलिटर एकसय ११ रुपैयाँ ५० पैसा र डिजेलको प्रतिलिटर ८८ रुपैयाँ मूल्य भएको छ ।
सरकारले असोज १३ गतेबाट पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू गरेअनुसार मूल्य घटाएको हो । स्वचालित मूल्य लागू भएपछि मूल्य घटेको घट्यै छ । यो छैटाैं पटक मूल्य घटेको हो ।






