शिब भण्डारी
लन्डन । नेपाली समाज नटिङघम यूकेको अध्यक्षमा युवा व्यवसायी, समाजसेवी एवम् क्रिकेटर दीपक सापकोटा निर्वाचित भएका छन् । समाजको छैटौं साधारणसभाले सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो । सापकोटाले ११८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रति द्वनदी शम्भु अर्यालले ८४ मत पाएका थिए । अर्याल भन्दा सापकोटाले ३४ मत बढी ल्याए । कूल २३४ मतदातामध्ये २०१ मत खसेको थियो । यसैगरी समाजका उपाध्यक्षमा रामप्रसाद पन्थी र अर्चना हमाल निर्विरोध निर्वाचित भए । 
यस्तै महासचिवमा रबिन्द्र शर्मा, सचिवमा लोकनाथ अधिकारी, कोषाध्यक्षमा मुकुन्दहरि खराल सहकोषाध्यक्षमा वीरेन्द्र (रेशम) खड्का निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा सूर्य बस्नेत, कुमार भुजेल, यज्ञ डुम्रे, अर्जुन सापकोटा, लक्ष्मण भण्डारी, विजया (मीना) सापकोटा, पदम गोले, कृष्ण सापकोटा, रमेश पौडेल, उपेन्द्र सापकोटा र रवि गिरी रहेका छन् । एनआरएनए यूकेका पूर्वसचिव तारानाथ भण्डारी संयोजक र सहसंयोजकमा विष्णु चालिसेलगायत निर्वाचन कमिटीले निर्वाचित पदाधिकारीलाई सपथ गराएको थियो ।
को हुन् सापकोटा ?
अध्यक्षमा निर्वाचित सापकोटा मिडल्यान्डमा क्रिकेट लिग स्थापित गराउन सफल भएसँग लोकप्रिय छन् । निर्वाचित भएपछि सापकोटाले लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिव भण्डारीसँग भने, म खेलप्रेमी र युवाहरूलाई समाजको मूलधारका सम्बाहक हुनुपर्छ भन्ने सोच भएकोले आगामी दिनहरुमा युवाहरुको सहभागिता र सकृयता बढाउदै लानेछु ।
निवर्तमान अध्यक्षको साथ र सहयोग सर्बधा रहनेछ भन्ने अभिलासाका साथ सस्थापक अध्यक्ष, पुर्ब अध्यक्षहरु पुर्ब कर्यसमितिका पदाधिकारिहरु अन्य अग्रज बुद्धिजिबिहरु सबैको मान सम्मान गर्दै अघि बढनेछु । बिगतमा भएका कमिकमजोरीहरुप्रति क्षमा भन्दै आगामी दिनहरुमा यहाँहरुको पुर्ण साथ रहनेछ भन्ने मेरो विश्वास छ ।
समाजको छैटौं अधिबेशनमा निर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाई नेपाली समाज नटिङ्गम युके संस्थापक अध्यक्ष रणबहादुर केसीले सपथ ग्रहण गराएका थिए ।






